धर्म/संस्कृति

    Showing 871-880 of 977 items.
  • बडादशैंको आठौं दिन : आज महाअष्टमी मनाइँदै

     काठमाडौं / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष

    • प्रकाशित मितिः असोज १७, २०७९
    • 137 पटक पढिएको
  • आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको उपासना गरिँदै

    झापा / आज नवरात्रीको पाँचौ दिन । नवदुर्गा मध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो ।स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशीर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वाहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।यस स्वरुपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुट्कारा मिल्ने विश्वास

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 101 पटक पढिएको
  • आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

    झापा / नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पत्ति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ ।कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सांसारिक दुःख कष्ट तथा पीडामा शीतलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 179 पटक पढिएको
  • कालिकापीठमा नवनिर्मित जलाशययुक्त शिवप्रतिमाको अनावरण

    कालीस्थान / झापाको अर्जुनधारा नगरपालिका –९ स्थित कालीस्थान चोकनजिकै रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिकापीठमा नवनिर्मित जलाशययुक्त शिव प्रतिमाको बुधबार आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको छ । बिर्तामोडका प्रतिष्ठित व्यवसायी एवं सामाजिक/धार्मिक व्यक्तित्व छविलदास वंशलले निर्माण गरेको पानीको फोहोरा सहितको जलाशययुक्त शिवप्रतिमाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, निर्माणकर्ता वंशल एवं पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलले संयुक

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 167 पटक पढिएको
  • आज दसैंको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

    झापा / आज बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो ।चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । य

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 114 पटक पढिएको
  • आजदेखि शुरु भयो दशैं : घरघरमा घटस्थापनासहित जमरा राखिँदै (भिडियाेसहित)

    काठमाडौँ / नेपालीहरूको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ ।घरको पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।आजदेखि नौ दिनस

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 170 पटक पढिएको
  • सोह्रश्राद्ध आजबाट सकिँदै

    काठमाडौं / पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध आज सकिन्दै छ । भाद्र २६ गतेदेखि शुरु भएको सोह्र श्राद्ध पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ । पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् । पितृपक्षमा

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 217 पटक पढिएको
  • मधेशी समुदायका महिलाले हर्षोल्लासका साथ मनाए जितिया पर्व

    सरोज निरौला पथरी / मैथिली, भोजपुरी, राजवंशीका साथै थारू समुदायले विशेष महत्वका साथ मनाउँदै आएको जितिया पर्व मोरङको पथरी शनिश्चरेमा पनि मनाइएको छ । पथरी शनिश्चरे वडा नं. ६ का महिला आमा दिदीबहीनीहरुले सामूहिक रुपमा यो पर्व मनाएका हुन् । जितिया पर्वको अवसरमा जितिया पर्व विशेष आयोजक समितिले १२ जना वृद्ध वृद्धालाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता सुमन कुँवरले दोसल्ला लगाएर सम्मान गरेका थिए । कुँवरले पौराणिक किम्वदन्ती बोकेको यो पर्वले सबै नेपालीको रक्षाको कामना समेत गरेका छन् । यस्तो छ जितिया पर्वको महत्व !मधेस समुदायका महिलाहरूले सन्तानको स्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 199 पटक पढिएको
  • आज विश्वकर्मा पूजा , यस्तो छ महत्व

    झापा / आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदै छन् । विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ ।आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि व

    • प्रकाशित मितिः असोज १, २०७९
    • 163 पटक पढिएको
  • यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

    झापा / यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।समितिका अनुसार त्यसदिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्र

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.