कालीस्थान / झापाको अर्जुनधारा नगरपालिका –९ स्थित कालीस्थान चोकनजिकै रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिकापीठमा नवनिर्मित जलाशययुक्त शिव प्रतिमाको बुधबार आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको छ । 

बिर्तामोडका प्रतिष्ठित व्यवसायी एवं सामाजिक/धार्मिक व्यक्तित्व छविलदास वंशलले निर्माण गरेको पानीको फोहोरा सहितको जलाशययुक्त शिवप्रतिमाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, निर्माणकर्ता वंशल एवं पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलले संयुक्त रुपमा अनावरण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

अनावरण कार्यक्रमका निर्माणकर्ता वंशललाई सम्मानपत्र, दोसल्ला र टोपी पहि¥याएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै अर्जुनधाराका मेयर गोम्देनले धर्मपालनाले मानिसलाई अनुशासित बनाउने र अनुशासनले  मात्रै ब्यक्तिलाई गन्तव्यसम्म पु¥याउने बताए ।

राजनीतिको नेतृत्व गर्ने व्यक्तिहरूमा पनि धर्म र अनुशासनको कमी रहेको बताउँदै उनले धर्मप्रति आस्थावान मानिसले नीतिगत एवं आर्थिक भ्रष्टाचार नगर्ने धारणा राखे ।

कार्यक्रममा कालिकापीठ कालीस्थानका प्राचार्य आचार्य रघुनाथ रिजाल, दान दाता परिवारका तर्फबाट सुरेश बंशल, अर्जुनधारा नगरपालिका वडा नं– ९ का वडाध्यक्ष भिष्म मिश्र, वडा नं –१० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, लगायतले मन्तव्य राख्दै धर्मप्रतिको आस्था, विश्वास र श्रद्धाले मानिस सफल हुने विश्वास व्यक्त गरे । 

कालिकापीठका अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम दाहाल र सञ्चालन इन्दु पूर्वेलीले गरेको पीठका सचिव भोलानाथ पोखरेलले जानकारी दिए ।