• सरोज निरौला 

पथरी / मैथिली, भोजपुरी, राजवंशीका साथै थारू समुदायले विशेष महत्वका साथ मनाउँदै आएको जितिया पर्व मोरङको पथरी शनिश्चरेमा पनि मनाइएको छ । पथरी शनिश्चरे वडा नं. ६ का महिला आमा दिदीबहीनीहरुले सामूहिक रुपमा यो पर्व मनाएका हुन् । 

जितिया पर्वको अवसरमा जितिया पर्व विशेष आयोजक समितिले १२ जना वृद्ध वृद्धालाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता सुमन कुँवरले दोसल्ला लगाएर सम्मान गरेका थिए । कुँवरले पौराणिक किम्वदन्ती बोकेको यो पर्वले सबै नेपालीको रक्षाको कामना समेत गरेका छन् । 

OM Sai Pathibhara Hospital

jjj

यस्तो छ जितिया पर्वको महत्व !

मधेस समुदायका महिलाहरूले सन्तानको स्वास्थ्य र दीर्घायुको कामना गर्दै जितिया पर्व मनाउँने प्रचलन रहेको छ । आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमी सम्म तीन दिन मनाइने यो पर्वको पहिलो दिन नुहाई खाई अर्थात नुहाएर खाने दिनका रुपमा लिइन्छ । दोश्रो दिन जीवित पुत्रीका दिन अर्थात खर दिन पनि भनिन्छ र तेश्रो दिनलाई परान भनिन्छ ।

307321423_640262190777391_3145067687310058881_n

यो पर्वमा व्रतालु आमाहरूले स्नान गरी चोखो हुने र तिथिको उत्तरार्द्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ व्रतको शुभारम्भ गर्छन् । बर्तालुले सप्तमी तिथिको उत्तरार्द्धमा भोजन गर्छन, त्यसलाई ‘ओटघन’ भनिएको हो । आमाहरूले आफ्ना सन्तानको रक्षाका लागि जितिया व्रत शुरु भएको जनविश्वास रहिआएको छ । सप्तमीको दिनमा चोखो निधो भई पानी पनि नखाई यो व्रत बस्ने गरका छन । 

थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो । थारू जातिहरूले मनाउने मुख्य चाडपर्वहरूमा जितियासँगै बडा दशैँ, त्यौहार, (तिहार देवाली), माघी पर्व मनाउने गर्दछन् । थारू जातिको महान पर्व प्रत्येक वर्ष माघ १ गते नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।