बजार

    Showing 241-250 of 465 items.
  • आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

    काठमाडौं – नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ ।  मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 596 पटक पढिएको
  • सागर डिष्टिलरीको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ ।गत साउन १२ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्कासनका लागि अनुृमति पाएको थियो ।त्यसैका आधारमा कम्पनीले पहिलो चरणमा वैदेशीक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो । दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।छिटोमा भदौ १ गते र ढिलोमा भदौ ११ गते

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 601 पटक पढिएको
  • नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ । नेप्से परिसुचक घटेर २८ सय बिन्दुभन्दा तल झरेर आज २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनमा यसदिन कारोबार रकम पनि घटेको छ ।आज कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ । सोमबार १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको थियो ।आज सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.८४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.३३ अंकले घटेको छ ।यसदिन सिटि होट

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 701 पटक पढिएको
  • ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै

    काठमाडौं – स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ ।भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९÷८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा ईभी भित्रिएका थिए । त्यसको तीन वर्षपछि आव २०८१÷८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन् । यस्तै, आव २०८०÷८१ मा ११ हजार ७ सय ईभी आयात भएका छन् ।यस अबधिमा पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । विभागका अनुसार आव २०७९÷८० म

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 573 पटक पढिएको
  • आज सेयर बजार बन्द

    काठमाडौं –  आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्। शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि रोकिएको हो । अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ । 

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 612 पटक पढिएको
  • दार्चुलाको मालिकार्जुनमा सामाजिक सुरक्षा भत्ता लिन पिठ्युँमा बोकेर सदरमुकाम जानुपर्ने बाध्यता

    दार्चुला —दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाका विकट वडाहरू — वडा नं. ५ डाँडाकोट, वडा नं. ६ उकुँबाकु र वडा नं. ७ जैलजिविमा रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरूले अझै पनि सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम दार्चुला पुग्नुपर्ने बाध्यता झेलिरहेका छन्।स्थानीयवासीहरूका अनुसार वृद्ध, अशक्त र बिरामी नागरिकहरूलाई ३ देखि ४ घण्टा लामो कठिन यात्रा, उकालो–ओरालो, जंगल र जोखिमपूर्ण बाटो हुँदै पिठ्युँमा बोकेर लैजानुपर्ने स्थिति अझै पनि यथावत छ। कतिपय अवस्थामा दुई दिनसम्म सदरमुकाममा बस्नुपर्ने, त्यसको खर्च समेत आफ्नै काँधमा पर्ने गरेको छ।उनीहरू भन्छन् —"भत्ता पाइन्छ तर कति सास्ती बे

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 1,400 पटक पढिएको
  • १ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 401 पटक पढिएको
  • लोडसेडिङ भन्ने भ्रम फैलाउनु गलत – प्राधिकरणको स्पष्ट जवाफ

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसमा आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणका अनुसार, चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक सोड (लोड) बढेपछि समस्या उत्पन्न भएको हो र यसलाई समाधान गर्न काम भइरहेको छ।चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बसेनी १३२ के.भी. सबस्टेसनदेखि चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यो पूरा भएपछि समस्या दीर्घकालीन रूपमा समाधान हुने प्रा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 657 पटक पढिएको
  • काठमाडौँ र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    काठमाडौँ — जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र पोखरामा गरी १६ जना पक्राउ परेका छन्।शनिबार दिउँसो, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाउँस्थित श्याम तामाङको टहरामा जुवा खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। रामेछापको मन्थली नगरपालिका–६ स्थायी घर भई हाल बूढानीलकण्ठमा बसोबास गर्दै आएका ३९ वर्षीय श्याम तामाङ पनि पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले नगद ५० हजार ३३० रुपैयाँसहित पक्राउ गरेको हो।त्यसैदिन साँझ, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक चिन्तामणि अधिकारीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। चिन्

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 442 पटक पढिएको
  • तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना पक्राउ

    काठमाडौं — तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।घटनास्थल काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी पुल नजिकको तरकारी बजार हो, जहाँ शनिबार तरकारी किनमेल गरिरहेकी ५२ वर्षीया लक्ष्मी घिमिरेको दुई तोलाको सुनको सिक्री लुटिएको थियो। घिमिरे काठमाडौं महानगरपालिका–२६, सामाखुसी टाउन प्लानिङमा बसोबास गर्छिन्।घटना लगत्तै पीडित घिमिरेले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा खोजी थालेको प्रहरीले माछापोखरीस्थित कुमारीस्थान मन्दिर नजिकबाट लुटपाटमा संलग्न दुबै जनालाई

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 372 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.