बजार

    Showing २४१-२५० of ५०१ items.
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ३२९ पटक पढिएको
  • धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा

    जनकपुर । धनुषाको महेन्द्रनगरदेखि शान्तिपुरको आवागमन ठप्प भएको छ ।निरन्तर पानी परेपछि आएको बाढीले सडक कटान गरेपछि औरही खोला पुल जोखिममा परेको छ । बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ । दुबैतर्फबाट हुने आवत जावत ठप्प भएको छ । स्थानीय प्रहरी प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ ।केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ४३४ पटक पढिएको
  • कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?

    काठमाडौं । आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ ।नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाएको छ । विभागका अनुसार मुग्लिङ–नारायणघाट सडकमा तुइन खोला खण्ड दुईतर्फी सञ्चालनमा छ तर नाम्सी खोलामा नयाँ पुलमा ढुंगाखस्दा अवरोध भएको छ भने पूरानो पुलबाट सवारी सञ्चालन भइरहेको छ ।विभागले सिद्धार्थ राजमार्गमा कुनै अवरोध नभएको जनाएको छ । काठमाडौं–फर्पिङ–भैसे–हेटौंडा मार्गमा टेक्करमा पहिरो र सिस्नेरी बजारमा नदीले सडक कटान गरेकाले आवागमन बन्द छ । खुलेखानी

    • प्रकाशित मितिः असोज १९, २०८२
    • २१६ पटक पढिएको
  • पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा वीरगञ्जमा

    काठमाडौं । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • ५३३ पटक पढिएको
  • बर्षाका कारण आन्तरिकतर्फका उडानहरू प्रभावित

    काठमाडौँ । शुक्रबार रातिदेखि भइरहेको बर्षाका कारण शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू प्रभावित भएका छन् ।अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएको जनाइएको छ । कतिपय उडान डिले भएका छन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

    • प्रकाशित मितिः असोज १८, २०८२
    • ३८१ पटक पढिएको
  • बाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै

    बाजुरा । बाजुरामा उत्पादित अर्गानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठुला शहरमा बढ्न थालेको हो ।यहाँका ९ वटै स्थानीय तहमा उत्पादित कोदो देशका ठुला शहर काठमाडौं, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा बढ्दै गएको पाइन्छ । पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको माग बढेपनि उत्पादन भने घट्दै गएको छ ।पछिल्लो समय नयाँ प्रविधिको विकाससँगै मानिसहरु आयातित बस्तुहरुमा भर पर्ने हुँदा कोदोको उत्पादन घट्दै गएको हो । मानिसहरु विलासि जीवन जिउँने भएका कारण परिश्रम गरेर काम गर्ने प्रवृत्ति हराएकोले कोदो मात्रै नभई अन्य बालीहरुको पनि उत्पादन घट्

    • प्रकाशित मितिः असोज १८, २०८२
    • ४९५ पटक पढिएको
  • दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

    ललितपुर । ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ । ललितपुर महानगरपालिकाको वडा नं २१ मा पर्ने खोकनामा दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो ।जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा छ । विशेषत पाँच दिनसम्म मनाइने यो जात्रामा पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधक सहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ ।स्थ

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ५४८ पटक पढिएको
  • विश्वकप फुटवललाई लक्षित गर्दै चीनमा खेल सामग्री उत्पादन तिब्र

    एजेन्सी । फिफा विश्वकप फुटवल २०२६ लाई लक्षित गर्दै चीनले सम्बन्धित खेल सामग्रीहरुको उत्पादनलाई तिब्रता दिएको छ ।विश्वकपको सामानको लागि ‘वार्म–अप’ माग बढ्ने देखिएपछि विश्वकपसँग सम्बन्धित व्यापारिक सामानको माग बढ्दै गएको होयद्यपि प्रतियोगिता हुन अझै नौ महिना बाँकी छ। सामान उत्पादन सून्य रहेको अवस्थामा चीनले चहलपहल बढाएको हो ।‘हामी मिश्रित सामानहरू, केही दैनिक प्रयोगका चीजहरू किनिरहेका छौं,’ एक पसलेले भने ।अन्तर्राष्ट्रिय व्यापार बजारका व्यापारीहरू भन्छन् कि तिनीहरू गत मेदेखि फिफा सम्बन्धित सामानहरूमा काम गरिरहेका छन्।स्कार्फहरू, टोपीहरू र चश्माहरू राम्रो विक्री हुने अनुमान छ । धेरै खरीददारहरू सं

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ४३७ पटक पढिएको
  • भक्तपुरमा राँगाको व्यापार : ९० हजारदेखि एक लाख रुपैंयाँसम्मका राँगा रोजाइमा

     भक्तपुर । दशैँको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ । हरेक वर्ष दशैँ विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ ।नेवार समुदायले राँगाको मासु अत्याधिक प्रयोग गर्ने भएकाले पनि दशैँको लागि भनेर विभिन्न जिल्लाबाट राँगा भक्तपुर भित्र्याएका हुन् । दशैंलाई लक्षित गर्दै भक्तपुरको महेश्वरी चौरमा दशैँको लागि भनेर सस्तो व्यापार मेला पनि लाग्ने गरेको छ । राँगा व्यापारी दिपक बुढाथोकीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा रामेछाप मन्थलीबाट दशैँको लागि भनेर ३५ वटा राँगा ल्याएको बताए । उनले ४० लाख लगानीमा ल्याएका राँगाहरु एउटाको ९० हजारदेखि एक लाख रुपैंयाँभन्दा ब

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ४९२ पटक पढिएको
  • दशैँ लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भिड

    रामेछाप ।  नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ । मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड बढेको छ । अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् । यसैगरी काठमाडौं लगायत सहरहरूमा कामको सिलसिलामा बसेकाहरू घर फर्कने क्रम बढेसँगै बजार केन्द्रमा चाप बढेको छ । अन्य पसलहरूसँगै कपडा, जुत्ता–चप्पल र खाद्यान्न पसलहरूमा उपभोक्ताको भिड देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राम्रो व्यापार भएको शुभमंगल वस्त्रालयका सञ्चालक हरेराम गुप्ता बत

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ३९६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.