बजार

    Showing १७१-१८० of ५०१ items.
  • नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    काठमाडौं । एशियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर करिब १५ अर्ब रुपैयाँभन्दा बढी बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत नगरपालिकाहरूमा खानेपानी वितरण प्रणाली विस्तार, ढल व्यवस्थापन पूर्वा

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३०४ पटक पढिएको
  • सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको अवसरमा आफ्नो नयाँ उत्पादन आइसक्रिम र मही बजारमा ल्याएको छ । कम्पनीले आयातित दुग्धजन्य पेय पदार्थको विकल्प तयार गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ उत्पादन बजारमा ल्याएको हो । कम्पनीका सञ्चालक सुमित केडियाले २०० एमएलको पलाष्टिक बोतलमा मही र १०० एमएल र ५०० एमएलको प्याकमा आईसक्रिम उत्पादन गरी बजारमा ल्याइएको जानकारी दिए । कम्पनीले भेनिला, स्ट्रबेरी, चक्लेट र बटर स्पेसल गरी चारवटा स्वादको आइसक्रिम बजारमा ल्याएको हो । ५०० एमएल भेनिला र स्ट्रबेरी आईसक्रिमको मूल्य २१० रुपैयाँ र सोही परिमाणको बटर र चक्

    • प्रकाशित मितिः असार ५, २०८३
    • २८५ पटक पढिएको
  • सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ ।छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ ।आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असार ५, २०८३
    • १९७ पटक पढिएको
  • खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं,अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् ।आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारिएको बताए । उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार

    • प्रकाशित मितिः असार ३, २०८३
    • २१७ पटक पढिएको
  • युद्ध रोकिए पनि महँगीको दबाब कायमै, इन्धन सस्तो हुन अझै महिना लाग्ने

    काठमाडौं । अमेरिका–इरानबीच युद्धविरामको प्रारम्भिक सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्य तत्काल पुरानै अवस्थामा फर्किने सम्भावना नरहेको विज्ञहरूले बताएका छन्।युद्धका कारण तेल उत्पादनमा आएको गिरावट, बन्दरगाहमा भएको अवरोध र विश्वव्यापी आपूर्ति शृङ्खलामा परेको असरका कारण इन्धनको मूल्य अझै केही महिना उच्च रहन सक्ने अनुमान गरिएको छ।विशेषज्ञहरूका अनुसार उत्पादन पुनः पूर्ण क्षमतामा फर्किन समय लाग्नेछ भने गर्मीयाममा बढेको इन्धन मागले पनि मूल्य घट्न ढिलाइ गर्नेछ। हाल सयौँ जहाजहरू ढुवानीका लागि प्रतीक्षामा रहेकाले विश्व बजारमा आपूर्ति सहज हुन अझै समय लाग्ने देखिएको छ।इन्धनको मूल्यवृद्धिको असर खाद्यान्न

    • प्रकाशित मितिः असार ३, २०८३
    • १२९ पटक पढिएको
  • सुनको मूल्य सामान्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन मूल्य सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार २, २०८३
    • २०० पटक पढिएको
  • भारतीय अवरोधले चिया उद्योग धराशायी हुने खतरा, उद्योग बन्द गर्ने निर्णय

    विराटनगर। भारतीय टी बोर्डले नेपाली चियामा पुनः परीक्षणको झन्झट थपेपछि पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। भारत पुगेका चियाका ट्रकहरू गोदाममै रोकिएर हप्तौंसम्म परीक्षण रिपोर्ट कुर्नुपर्दा निर्यात प्रभावित बनेको उद्योगीहरूको गुनासो छ।इलामका अर्थोडक्स चिया उद्योगहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् भने झापाका उद्योगहरू पनि असार ४ गतेदेखि उत्पादन रोक्ने तयारीमा छन्। उद्योगीहरूका अनुसार भारततर्फ लाखौं किलो तयारी चिया थन्किएको छ भने नेपालभित्र पनि ठूलो परिमाणमा चिया बिक्रीविहीन अवस्थामा रहेको छ।बजारमा चिया निकास हुन नसकेपछि किसानले हरियो पत्तीको भुक्तानी पा

    • प्रकाशित मितिः असार १, २०८३
    • २४४ पटक पढिएको
  • काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

    काठमाडौं । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ ।आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने जानकारी दिइन् । उनले भनिन्, ‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने छ ।’ उनका अनुसार बन्चरेडाँडा डम्पिङ सा

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २४५ पटक पढिएको
  • इप्पान विवादः उपमहासचिव दुलालले अध्यक्ष कार्कीको भूमिकामाथि उठाए प्रश्न

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाको संघारमा संस्थाभित्रको आन्तरिक विवाद सतहमा आएको छ । इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले अध्यक्ष गणेश कार्कीद्वारा यसअघि जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै साधारणसभाको म्यान्डेट र संस्थाको विधान मिचेर निर्वाचन गर्न लागिएको आरोप लगाएका छन् । आगामी जेठ २९ गतेका लागि तय भएको साधारणसभामा संस्थालाई महासंघमा रूपान्तरण गर्ने पूर्वनिर्णय कार्यान्वयन नभएको भन्दै दुलालले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । उपमहासचिव दुलालका अनुसार, २०८० साल जेठ ३२ गते सम्पन्न २१औं साधारणसभाले भानु

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ३६३ पटक पढिएको
  • नेपालमा विश्वकप फुटबलको रौनक जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ

    काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका छन् । त्यो भन्दापनि नेपालमा विश्वकप सहभागि देशका खेलाडीहरुले प्रयोग गर्ने जर्सी र खेल सामग्रीहरुको व्यापार चम्किएको छ । ठूला–साना सहरका पसलहरुमा जर्सी र खेल सामग्री खरिद गर्नेहरुको भीड देख्न सकिन्छ । विशेषगरी काठमाडौं उपत्यकाको न्यूरोड, महावौद्ध, असन, लगनखेल क्षेत्रमा जर्सी खरिद गर्नेहरुको भीड बढेको छ । आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरु पसलमा भेटिने गरेका छन् ।  फिफा विश्वकप फुटबलको २३औं संस्करण २०२६ ज

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ४०५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.