बजार

    Showing १६१-१७० of ५०१ items.
  • एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

    काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर आईपीओ बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड सेबोनको पाइपलाइनमा रहेका ठूला कम्पनीहरूको सूची हेर्दा आगामी दिनमा आईपीओ बजारको संरचनामै परिवर्तन आउने संकेत देखिएको छ । विगतका वर्षहरूमा बजारमा आउने अधिकांश आईपीओ जलविद्युत कम्पनीका हुने गरेका थिए । यसले लगानीकर्तालाई क्षेत्रगत विविधीकरणको अवसर सीमित बनाएको थियो । तर अहिले सिमेन्ट, स्टिल, लगानी तथा सञ्चार क्षेत्रका ठूला कम्पनीहरू शेयर निष्काशनको तयारीमा रहेकाले लगानीकर्ताले फरक–फरक क्षेत्रका कम्

    • प्रकाशित मितिः असार ९, २०८३
    • २०८ पटक पढिएको
  • प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण

    रौतहट । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुगेका हुन्। पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानक

    • प्रकाशित मितिः असार ८, २०८३
    • २५७ पटक पढिएको
  • दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

     काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो नयाँ बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ को उद्घाटन गरेको छ ।सोमबार आयोजित कार्यक्रममा नेपालका पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शोरूमको उद्घाटन गरेका हुन् । समारोहमा स्वागत ग्रुपका सञ्चालक जगेश्वर यादवसहित व्यवसायी, ग्राहक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा बोल्दै सञ्चालक जगेश्वर यादवले स्वागत ग्रुपले २३ वर्षको सफल यात्रा पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको जानकारी दिँदै यो कम्पनीको छैटौँ आउटलेट भएको बताए। उनका अनुसार नयाँ शोरूममा कजारिया, प्राइम, हिन्डवेयर, ज्यागुआर

    • प्रकाशित मितिः असार ८, २०८३
    • २२४ पटक पढिएको
  • ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए । तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आ

    • प्रकाशित मितिः असार ८, २०८३
    • १४८ पटक पढिएको
  • देश ऋणको दलदलमा, बालेन सरकार बनेपछि मात्रै थपियो सवा खर्ब

    काठमाडौं । नेपालको सार्वजनिक ऋण इतिहासकै उच्च विन्दुनजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को जेठ मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ।आर्थिक वर्ष सुरु हुँदाको तुलनामा मात्रै झण्डै २ खर्ब ८७ अर्ब रुपैयाँ ऋण थपिएको छ। यससँगै नेपालको कुल ऋण दायित्व देशको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको करिब ४५ प्रतिशत बराबर पुगेको छ।कुल ऋणमध्ये १५ खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक ऋण रहेको छ भने १३ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण छ। अर्थात् राज्यले देशभित्र र बाहिर दुवैतर्फबाट ऋण लिएर खर्च धानेको अवस्था देखिन्छ। बालेन सरकारको तीन महिनामै सवा ख

    • प्रकाशित मितिः असार ८, २०८३
    • १८६ पटक पढिएको
  • याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो बहुप्रतिक्षित उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडेआ किनेस’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा।लि मार्फत आयोजित विशेष ‘किनेस अनुभव कार्यक्रम’मा सार्वजनिक गरिएको यो मोटरसाइकलले नेपाली बजारमा प्रदर्शनमुखी इलेक्ट्रिक मोटरसाइकलिङको नयाँ अनुभव प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । दैनिक आवतजावतमा केन्द्रित परम्परागत विद्युतीय दुईपांग्रे सवारीसाधनभन्दा फरक, याडेआ कनिसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीको दाबी

    • प्रकाशित मितिः असार ८, २०८३
    • १८८ पटक पढिएको
  • भारतीय नाकामा रोकियो नेपाली चिया, उद्योग र श्रमिक दुवै संकटमा

    काठमाडौं । भारततर्फ हुने नेपाली चियाको निर्यात एक सातादेखि पूर्ण रूपमा रोकिएको छ। भारतको टी बोर्डले लागू गरेको नयाँ निर्देशिकापछि नेपाली चिया भारतीय बजारमा प्रवेश गर्न नपाउँदा चिया उद्योग संकटमा परेका छन्।उद्योगीहरूका अनुसार भारतले प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि चिया निर्यात प्रक्रिया जटिल बनेको छ। परीक्षणको रिपोर्ट आउन नै करिब १५ दिन लाग्ने भएकाले निर्यात प्रभावित भएको हो। यसको प्रत्यक्ष असर नेपालका १५२ चिया उद्योगमा परेको छ। उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् भने करिब २ लाख श्रमिकको रोजगारी संकटमा परेको बताइएको छ। अहिले भारतमा पुगिसकेको ३ लाख किलोग्राम नेपाली चिया गोदाममै थन्कि

    • प्रकाशित मितिः असार ८, २०८३
    • २१५ पटक पढिएको
  • ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो ।चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन् । चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने संगीतमा अर्जुन पोखरेल र ज्ञानेन्द्र देउजाको योगदान रहेको छ । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यद

    • प्रकाशित मितिः असार ८, २०८३
    • ५९९ पटक पढिएको
  • नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

    काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ।बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड तथा अन्य डिजिटल उपकरणलाई न्यून लागतमा पुनः सञ्चालनयोग्य बनाउने लक्ष्यसहित सेवा केन्द्रको उद्घाटन गरिएको हो। पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालित उक्त सेवा केन्द्रले मोबाइल रिपेयरिङ, आईफोन तथा एन्ड्रोइड सफ्टवेयर समाधान, म्याकबुक तथा ल्यापटप मर्मत, मदरबोर्ड तथा चिप९लेभल रिपेयरिङ, विन्डोज सपोर्ट, एडोब तथा

    • प्रकाशित मितिः असार ८, २०८३
    • २०६ पटक पढिएको
  • आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध ‘रेड डट अवार्ड स् डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा  मान्यता दिलाएको छ । जर्मनीमा प्रदान गरिने रेड डट डिजाइन अवार्ड सन् १९५५ देखि निरन्तर प्रदान हुँदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हो । उत्कृष्ट डिजाइन, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने यो अवार्डलाई विश्वकै महत्वपूर्ण डिजाइन पुरस्कारमध्ये एक मानिन्छ । कम्पनीका अनुसार सुपर भी २३ ले क्लासिक डिजाइन शैली, उपयोग

    • प्रकाशित मितिः असार ५, २०८३
    • २८३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.