बजार

    Showing १५१-१६० of ५०१ items.
  • बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं उपत्यका, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति: डा. उमेश दाहाल

    काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि भए पनि पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएको छ । उनका अनुसार देशभरका प्रयोगशालामार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण पुष्टि भएको छैन । अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनले बताए ।डा. दाहालका अनुसार हालसम्म साना–ठूला गरी करिब ८० भ

    • प्रकाशित मितिः असार ११, २०८३
    • २०६ पटक पढिएको
  • बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

    काठमाडौं । नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लामा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ । साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ ।पशु सेवा विभागले कोशी प्रदेशमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याइएको दाबी गरेको छ । संक्रमित क्षेत्रमा कुखुरा, अण्डा र दानाको ओसारपसार

    • प्रकाशित मितिः असार १०, २०८३
    • २६५ पटक पढिएको
  • बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

    काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज वुधबार देखि पुनः सञ्चालनमा आएको छ । २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माणपछि बुधबारदेखि पुनः ग्राहकका लागि खुला गरिएको हो । आगलागीका कारण ठूलो क्षति व्यहोरेको स्टोरलाई पुनर्निर्माण गरी आजबाट नियमित सेवा सञ्चालनमा ल्याइएको भाटभटेनी छ ।स्टोर पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले सहज रूपमा सेवा लिन सक्ने भएका छन् । 

    • प्रकाशित मितिः असार १०, २०८३
    • १४१ पटक पढिएको
  • कैलालीका विभिन्न स्थानमा खैरो हेरोइनस लागुऔषध भेटिएसँगै ८ जना पक्राउ

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् ।मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिक र बाँकि आठ जनालाई पक्राउ गरिएको थियो। यस्तै खैरो हेरोइन ३१० मिलिग्रामसहित २५ वर्षीय सुरेश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  त्यसैगरी २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित कैलारी गाउँपालिका–७ हौसलपुरबाट भारतको लखिमपुर खिरी बेलापर्शुवाका ४७ वर्षका हरिचन्द्र कठरिया पक्राउ परेका छन् ।साथै टिकापुर नगरपालिका–२ राजीपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चारलाई टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन र ५७० मिलिग्राम चरेशसहि

    • प्रकाशित मितिः असार १०, २०८३
    • २४३ पटक पढिएको
  • अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

    झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ । कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले । यही पुनर्जीवनको केन्द्र बनेको छ अकबरे खुर्सानी । पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तता भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले अकबरे खुर्सानीको हरियाली फैलिएको छ । पहिले बाँझो रहेका खेतबा

    • प्रकाशित मितिः असार १०, २०८३
    • २१० पटक पढिएको
  • जेन–जी आन्दोलनमा जलेको चुच्चेपाटी भाटभटेनी पुनः सञ्चालनमा

    काठमाडौं।  जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केट पुन सञ्चालनमा आएको छ । पुनर्निर्माण सम्पन्न भएसँगै सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो।लामो समयपछि सेवा सुरु भएसँगै बिहानैदेखि ग्राहकहरूको उल्लेखनीय भीड देखिएको छ। दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामान खरिद गर्न उपभोक्ताहरू व्यस्त देखिएका छन्।आगजनीपछि पूर्ण रूपमा पुनर्निर्माण गरिएको सुपर मार्केटलाई आधुनिक सुविधा र व्यवस्थित संरचनासहित सञ्चालनमा ल्याइएको छ। स्थानीय बासिन्दाले पनि भाटभटेनी पुनः खुलेपछि किनमेलमा सहजता थपिएको बताएका छन्।आन्दोलनको आगोले बन्द भए

    • प्रकाशित मितिः असार १०, २०८३
    • १९२ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ ।मंगलबार ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार १०, २०८३
    • १६८ पटक पढिएको
  • नेपाली समाजमा सुन्दरताको बढ्दो मोह : ११ महिनामै विदेशियो कस्मेटिकमा १२ अर्ब ६८ करोड

    काठमाडौं। नेपालमा सौन्दर्य सामग्रीको प्रयोग ह्वात्तै बढिरहेको छ। अनुहार चम्काउने फेस क्रिमदेखि ओठ सजाउने लिपस्टिक, कपाल रङ्गाउने डाई र विभिन्न कस्मेटिक सामग्री किन्न मात्रै नेपालीहरूले ११ महिनामै १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी विदेश पठाएका छन्। भन्सार विभागको तथ्यांकले नेपाली बजारमा आधुनिक सौन्दर्य सामग्रीको माग तीव्र रूपमा बढिरहेको देखाएको छ। सुन्दर देखिने चाहना मानव स्वभाव हो। तर पछिल्लो समय नेपालीहरूको यही चाहनाले विदेशी कस्मेटिक बजारलाई भने ठूलो फाइदा पुर्‍याइरहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालले सौन्दर्य सामग्री आयात गर्न मात्रै १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी खर्च गरेको

    • प्रकाशित मितिः असार ९, २०८३
    • २३८ पटक पढिएको
  • बौद्धस्थित भाट–भटेनी सुपर स्टोर बुधवार देखि पुनः सञ्चालनमा आउँदै

    काठमाडौं । काठमाण्डौं बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता यथावत रहेको कम्पनीले जनाएको छ ।यस अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छ ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • २२६ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५९० रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार ९, २०८३
    • १९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.