काठमाडौं । भारततर्फ हुने नेपाली चियाको निर्यात एक सातादेखि पूर्ण रूपमा रोकिएको छ। भारतको टी बोर्डले लागू गरेको नयाँ निर्देशिकापछि नेपाली चिया भारतीय बजारमा प्रवेश गर्न नपाउँदा चिया उद्योग संकटमा परेका छन्।उद्योगीहरूका अनुसार भारतले प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि चिया निर्यात प्रक्रिया जटिल बनेको छ। परीक्षणको रिपोर्ट आउन नै करिब १५ दिन लाग्ने भएकाले निर्यात प्रभावित भएको हो। यसको प्रत्यक्ष असर नेपालका १५२ चिया उद्योगमा परेको छ। उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् भने करिब २ लाख श्रमिकको रोजगारी संकटमा परेको बताइएको छ। अहिले भारतमा पुगिसकेको ३ लाख किलोग्राम नेपाली चिया गोदाममै थन्कि
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो ।चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन् । चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने संगीतमा अर्जुन पोखरेल र ज्ञानेन्द्र देउजाको योगदान रहेको छ । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यद
काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ।बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड तथा अन्य डिजिटल उपकरणलाई न्यून लागतमा पुनः सञ्चालनयोग्य बनाउने लक्ष्यसहित सेवा केन्द्रको उद्घाटन गरिएको हो। पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालित उक्त सेवा केन्द्रले मोबाइल रिपेयरिङ, आईफोन तथा एन्ड्रोइड सफ्टवेयर समाधान, म्याकबुक तथा ल्यापटप मर्मत, मदरबोर्ड तथा चिप९लेभल रिपेयरिङ, विन्डोज सपोर्ट, एडोब तथा
काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध ‘रेड डट अवार्ड स् डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको छ । जर्मनीमा प्रदान गरिने रेड डट डिजाइन अवार्ड सन् १९५५ देखि निरन्तर प्रदान हुँदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हो । उत्कृष्ट डिजाइन, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने यो अवार्डलाई विश्वकै महत्वपूर्ण डिजाइन पुरस्कारमध्ये एक मानिन्छ । कम्पनीका अनुसार सुपर भी २३ ले क्लासिक डिजाइन शैली, उपयोग
काठमाडौं । एशियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर करिब १५ अर्ब रुपैयाँभन्दा बढी बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत नगरपालिकाहरूमा खानेपानी वितरण प्रणाली विस्तार, ढल व्यवस्थापन पूर्वा
काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको अवसरमा आफ्नो नयाँ उत्पादन आइसक्रिम र मही बजारमा ल्याएको छ । कम्पनीले आयातित दुग्धजन्य पेय पदार्थको विकल्प तयार गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ उत्पादन बजारमा ल्याएको हो । कम्पनीका सञ्चालक सुमित केडियाले २०० एमएलको पलाष्टिक बोतलमा मही र १०० एमएल र ५०० एमएलको प्याकमा आईसक्रिम उत्पादन गरी बजारमा ल्याइएको जानकारी दिए । कम्पनीले भेनिला, स्ट्रबेरी, चक्लेट र बटर स्पेसल गरी चारवटा स्वादको आइसक्रिम बजारमा ल्याएको हो । ५०० एमएल भेनिला र स्ट्रबेरी आईसक्रिमको मूल्य २१० रुपैयाँ र सोही परिमाणको बटर र चक्
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ ।छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ ।आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् ।आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारिएको बताए । उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार
काठमाडौं । अमेरिका–इरानबीच युद्धविरामको प्रारम्भिक सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्य तत्काल पुरानै अवस्थामा फर्किने सम्भावना नरहेको विज्ञहरूले बताएका छन्।युद्धका कारण तेल उत्पादनमा आएको गिरावट, बन्दरगाहमा भएको अवरोध र विश्वव्यापी आपूर्ति शृङ्खलामा परेको असरका कारण इन्धनको मूल्य अझै केही महिना उच्च रहन सक्ने अनुमान गरिएको छ।विशेषज्ञहरूका अनुसार उत्पादन पुनः पूर्ण क्षमतामा फर्किन समय लाग्नेछ भने गर्मीयाममा बढेको इन्धन मागले पनि मूल्य घट्न ढिलाइ गर्नेछ। हाल सयौँ जहाजहरू ढुवानीका लागि प्रतीक्षामा रहेकाले विश्व बजारमा आपूर्ति सहज हुन अझै समय लाग्ने देखिएको छ।इन्धनको मूल्यवृद्धिको असर खाद्यान्न
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन मूल्य सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.