बजार

    Showing १३१-१४० of ५०१ items.
  • बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

    काठमाडौं / बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ।फोन गर्दा सुनिने रिङटोनमार्फत बर्ड फ्लुबाट बच्ने उपाय, सङ्क्रमित भएका, बिरामी वा मरेका चराचुरुङ्गी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा त्यसको नजिक नजान, शङ्का लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, बर्ड फ्लुसम्बन्धी थप जानकारी वा परामर्श आवश्यक परेमा हेलो स्वास्थ्

    • प्रकाशित मितिः असार १९, २०८३
    • १९९ पटक पढिएको
  • कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना

    काठमाण्डौं / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो । उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ । प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तरर

    • प्रकाशित मितिः असार १८, २०८३
    • २१७ पटक पढिएको
  • मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ ।नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले संघले विभिन्न नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो । संघले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप नीतिगत स्वतन्त्रता प्रदान गर्न, लकइन सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न तथा पर्याप्त पूँजी, तरलता र जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई विवेकपूर्ण रूपमा शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न आग्रह गरे

    • प्रकाशित मितिः असार १८, २०८३
    • ३०९ पटक पढिएको
  • २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

    काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड एनटीबीले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली सार्क मुलुकबाट ४८ हजार २५४ जना आएका छन्

    • प्रकाशित मितिः असार १८, २०८३
    • २१९ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।बुधबार ४ हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः असार १८, २०८३
    • २६४ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार १७, २०८३
    • २०७ पटक पढिएको
  • एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन्: हिमलाल खराल

    काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य एमआरपी अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था कार्यान्वयन गर्न थालेपछि व्यवसायीहरू गम्भीर अन्योलमा परेको राष्ट्रिय व्यापार संघले जनाएको छ ।संघका अध्यक्ष हिमलाल खरालले सरकारले उपभोक्ताको हितका लागि ल्याएको व्यवस्थाको आफूहरू विरोधमा नरहेपनि कार्यान्वयन प्रक्रिया स्पष्ट नभएकाले व्यापार, आयात र बजार व्यवस्थापनमा समस्या उत्पन्न भएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष खरालले एमआरपी सम्बन्धी व्यवस्था आयातित वस्तुमा मात्र नभई नेपालमै उत्पादन हुने र बजारमा बिक्री हुने सबै सामानमा लागू हुने भन्ने सरकारी धारणा रहेको

    • प्रकाशित मितिः असार १७, २०८३
    • १३३ पटक पढिएको
  • बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

    काठमाडौं / दुग्ध विकास संस्थान डीडीसी नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको संस्था हो।    आम उपभोक्ताको विश्वास जितेको यस संस्था अझैपनि बजारिकरण अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण गति लिन सकिरहेको छैन् । काठमाडौं दुग्ध वितरण आयोजना वालाजुका प्रमुख चक्रवर्ती पौडेल डीडीसीले आफ्नो गुणस्तरमा विश्वास आर्जन गरे पनि व्यावसायिक विज्ञापन र ब्राण्डिङमा अझै पछि परिरहेको स्वीकार्छन् । हाल बजारमा देखिएको खुला दुधको दबदबा र बढ्दो मागलाई सम्बोधन गर्न संस्थानले अब परम्परागत शैली त्यागेर आधुनिक बजारीकरण र नीतिगत सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको पौडेल बताउँछन् ।संस्थानले

    • प्रकाशित मितिः असार १६, २०८३
    • १७१ पटक पढिएको
  • रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

    काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असार १६ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मध्यपुर थिमी नगरपालिका, भक्तपुरबाट ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी ८०.०१६० प्रतिशत भेटिएकाले उक्त नमुनालाई ‘विसर्जन गर्ने’ श्रेणीमा राखिएको हो । प्रतिवेदनअनुसार उक्त नमुना किसान सिता रेग्मीको उत्पादन रहेको र कालीमाटीमा

    • प्रकाशित मितिः असार १६, २०८३
    • ३०० पटक पढिएको
  • नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

    काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण अटो–रिन्यु हुने नयाँ ‘सब्स्क्रिप्सन–बेस्ड’ मासिक प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकले हरेक महिना आफैं प्याकेज खरिद वा सक्रिय गरिरहनुपर्ने झन्झट हटाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।  कम्पनीका अनुसार एकपटक प्याकेज सब्स्क्राइब गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा हरेक ३० दिनमा उक्त प्याकेज स्वतः नवीकरण हुनेछ । टेलिकमले ‘नमस्ते रिकरिङ’ अन्तर्गत तीन प्रकारका मासिक प्याकेज उपलब्ध गराएको छ । २९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ३०० मिनेट कल, ६ जीबी डाटा ९४ जीबी नियमित र २ जीबी नाइट डाटा० तथा नेपा

    • प्रकाशित मितिः असार १४, २०८३
    • २२९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.