काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।






































