बजार

    Showing १११-१२० of ५०१ items.
  • राताम्मे बन्यो सेयर बजार, नेप्से ३० अंकभन्दा बढीले ओरालो

    काठमाडौं। नेपाली सेयर बजार लगातार दबाबमा देखिएको छ। सोमबार नेप्से परिसूचक ३०।६० अंकले घटेर २५७० बिन्दुमा झर्दै करिब आठ महिनायताकै न्यून स्तर मा पुगेको हो।बजारभरि बिक्रीको दबाब देखिँदा २४९ कम्पनीको सेयर मूल्य घट्यो, केवल २२ कम्पनीको मूल्य बढ्यो भने ४ कम्पनी स्थिर रहे। बैंकिङदेखि जलविद्युत्, होटल, बीमा र व्यापारसम्म सबै समूह राताम्मे बने।यद्यपि बजार घटिरहेका बेला लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन पछिल्ला केही महिनामध्येकै उच्च कारोबार रकम हो।

    • प्रकाशित मितिः असार २९, २०८३
    • १३० पटक पढिएको
  • २८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा आज  सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि १००रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार २९, २०८३
    • २०३ पटक पढिएको
  • कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

    काठमाडौं / पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यमसमेत बनेको छ । सुजाउका किसानहरू बिहान सबेरैदेखि कमलका ताजा फूल टिपेर स्थानीय बजारमा पुर्याउने गर्छन् । विशेषगरी कृषि कार्य कम हुने मौसममा कमल खेतीले धेरै परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ । ७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार विगतमा करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो

    • प्रकाशित मितिः असार २८, २०८३
    • २३६ पटक पढिएको
  • सुनको मूल्य सामान्य बढ्यो

    काठमाडौं / नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ । 

    • प्रकाशित मितिः असार २८, २०८३
    • २४४ पटक पढिएको
  • नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा:अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

    काठमाडौं / नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विशेष उत्सव मनाइरहेको छ ।सन् १९८४ मा स्थापना भएको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ बैंकिङ र त्योभन्दा धेरै भन्ने मूल दर्शनलाई आत्मसाथ गर्दै विगत चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकिकरण र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पना अनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सुरु भएको यो बैंक आज नेपालको सबैभन्दा भरपर्दो र अग्रणी वित्

    • प्रकाशित मितिः असार २८, २०८३
    • २०९ पटक पढिएको
  • सुनचाँदिको मुल्य बढ्यो कतिमा भइरहेछ त कारोबार ?

    काठमाडौं । एक दिनअघि घटेको सुनको मूल्य शुक्रबार भने उच्च दरले उकालो लागेको छ। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १ सय ७० रुपैयाँले वृद्धि हुँदै चाँदी ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य मजबुत देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार १ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुन–चाँदीको मूल्यमा आएको यो नयाँ वृद्धिसँगै बजारमा खरिद–बिक्री गर्ने उपभोक्ताले थप रकम खर्च गर्नुपर्ने भएको छ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • २०८ पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०३ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रु

    • प्रकाशित मितिः असार २६, २०८३
    • २०१ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ । बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा बारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • १८३ पटक पढिएको
  • जहाँ जनघनत्व बढी, त्यहीँ देखिँदै वर्डफ्लु संक्रमण

    काठमाडौं / देशका अधिकांश जिल्लामा वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लामा देखिएको संक्रमणमध्ये आठ जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने तीन जिल्लामा नियन्त्रणका लागि निगरानी र व्यवस्थापनको काम जारी छ । जनघनत्व बढी भएका क्षेत्र तथा कुखुरा पालन व्यवसायको विस्तार भएका स्थानमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ । विशेषगरी काठमाडौं उपत्यका आसपासका क्षेत्रमा कुखुरा फार्मको संख्या धेरै हुनु र बजारको चाप उच्च रहनुले संक्रमण नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ । वर

    • प्रकाशित मितिः असार २४, २०८३
    • २१८ पटक पढिएको
  • सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

    काठमाडौं / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ । 

    • प्रकाशित मितिः असार २३, २०८३
    • २२८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.