काठमाडौं । एक दिनअघि घटेको सुनको मूल्य शुक्रबार भने उच्च दरले उकालो लागेको छ। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १ सय ७० रुपैयाँले वृद्धि हुँदै चाँदी ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य मजबुत देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार १ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुन–चाँदीको मूल्यमा आएको यो नयाँ वृद्धिसँगै बजारमा खरिद–बिक्री गर्ने उपभोक्ताले थप रकम खर्च गर्नुपर्ने भएको छ।