बजार

    Showing 1-10 of 465 items.
  • र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

    काठमाडौं /  नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन  होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण तथा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरले जनाएको हो । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै सार्वजनिक टिप्पणी गरिएको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलको सञ्चालन प्रकृति र दैनिक खपतलाई नहेरी मौज्दातलाई मात्र आधार

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • 121 पटक पढिएको
  • गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

    काठमाडौं / गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको हो । नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । साथै, आईपी ६८ रेटिङ, थप क्षमतायुक्त जेमिनी एआई र अपग्रेड गरिएको ५एक्स टेलिफोटो क्यामेरा दिइएको छ ।डिजाइनका हिसाबले पिक्सेल ११ सिरिज अघिल्लो पिक्सेल १० भन्दा धेरै फरक छैन । यद्यपि गुगलले नयाँ सिरिजमा फ्रस्ट, हिबिस्कस पिंक, पिस्ताचियो ग्रीन र अब्सिडियन ब्ल्याकलगायत नयाँ रङ थपेको छ ।पिक्सेल ११ मा क्यामेरामा ठूलो सुधारपिक

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • 69 पटक पढिएको
  • नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

    काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।पाँच दिनमै आयोजकले अपेक्षा गरेको १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगिसकेपछि अन्तिम दिन पनि एक्स्पोमा उल्लेख्य भीड हुने अपेक्षा गरिएको छ । साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबार मात्रै ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । यससँगै पाँच दिनमा अवलोकनकर्ताको संख्या डेढ लाख नाघेको हो । आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेको थियो।अन्तिम दिन एक्स्पोमा सहभागी ब्रान्डका नयाँ मोडल, विद्युतीय सवारीसाधन, स्मार्ट प्रविधि त

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • 65 पटक पढिएको
  • काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री

    काठमाडौं / नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • 89 पटक पढिएको
  • नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै

    काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि सुरु भएको नाइमा एक्स्पो आइतबार आज समापन हुँदैछ ।६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममा लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेको आयोजकको दाबी छ ।शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन नाइमाले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । एक्स्पोको उद्घाटनका दिन यही स

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • 76 पटक पढिएको
  • ग्यासमा ठगी भेटिएपछि रिजालको उद्योगलाई झन्डै ३ लाख जरिबाना

    विराटनगर । उपभोक्ताको सुरक्षामाथि खेलबाड गरेको भेटिएपछि मोरङमा रिजालको भान्सा ग्यास उद्योगमाथि झन्डै ३ लाख रुपैयाँ जरिबाना गरिएको छ।बुढीगंगा–५ स्थित उद्योगमा गरिएको अनुगमनका क्रममा भरिएका १९ वटा सिलिन्डरको तौल जाँच गर्दा एउटामा तोकिएको भन्दा २४० ग्राम कम ग्यास भेटिएको थियो।त्यति मात्रै होइन, उद्योगले म्याद गुज्रिएका दुईवटा सिलिन्डरमा समेत ग्यास भरेर बजार पठाउने तयारी गरेको अनुगमन टोलीले फेला पारेको छ। म्याद नाघेका सिलिन्डर प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यसलाई गम्भीर लापरबाहीका रूपमा लिइएको छ।उपभोक्ता हितविपरीतका यी गतिविधि भेटिएपछि जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 162 पटक पढिएको
  • नेप्सेमा करेक्सन, कारोबार ४ अर्ब नाघ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा लगानीकर्ताको सक्रियता बढेको छ। शुक्रबार नेप्से ७.३७ अंक घटेर २६४३।८३ अंकमा झरेको हो।सूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३ अर्ब ७२ करोडको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।बजारमा १ सय ६४ कम्पनीको मूल्य घट्दा १ सय १ कम्पनीको बढेको छ भने १२ कम्पनी स्थिर रहे। समूहगत रूपमा अधिकांश सूचक राताम्मे भए पनि जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष र अन्य समूहमा भने सामान्य सुधार देखियो।हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ। रकमका आधारमा खानीखोला ह

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 41 पटक पढिएको
  • एनसेलले लगानीकर्ताको गोपनीयता संरक्षणमा प्रश्न उठायो

    काठमाडौं / एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै लगानीकर्ताको गोपनीयता र व्यावसायिक सूचनाको सुरक्षामाथि प्रश्न उठाएको छ।कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरेपछि लगानीकर्ताको संवेदनशील व्यावसायिक सूचना संरक्षणसम्बन्धी विषय उठेको जनाएको हो।एनसेलका अनुसार छानबिनका क्रममा संकलन गरिएका लगानी, कारोबार, सम्पत्ति, पत्राचार तथा अन्य व्यावसायिक विवरण कानुनले संरक्षण गरेका सूचना हुन्।यस्ता विवरण अनुसन्धान वा कानुनी प्रक्रियाका लागि प्रयोग गर

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 83 पटक पढिएको
  • ४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै

    काठमाडौं / सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याइने भएको छ ।उपभोक्तालाई वर्षभरी नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउने भएको छ । चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागि

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 88 पटक पढिएको
  • निर्माण क्षेत्रको सुस्तताले शिवम् सिमेन्टको व्यापार प्रभावित

    काठमाडौं / निर्माण क्षेत्रको सुस्त गतिविधि र बजारमा सिमेन्टको माग घट्दा शिवम् सिमेन्ट लिमिटेडको व्यापारमा असर परेको छ। आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र नाफा दुवैमा सामान्य गिरावट देखिएको छ। कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ९२ करोड रुपैयाँको बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ७६ करोड रुपैयाँभन्दा कम हो। बिक्री घटेसँगै कम्पनीको ग्रस प्रफिट पनि १ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ।समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.