काठमाडौँ / चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा नेपालमा उत्पादित कागज तथा कागजजन्य बस्तुको निर्यात एक सय ६३ दशमलव ४३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुन सम्ममा नेपालमा उत्पादित कागज तथा कागजजन्य बस्तुको निर्यात एक सय ६३ दशमलव ४३ प्रतिशतले बढेका हो । निकासी तथा प्रर्वद्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष सोही अवधिमा ३९ करोड एक लाखको कागज निर्यात भएको थियो भने पछिल्लो आठ महिनामा नेपालबाट एक अर्ब छ करोड ६६ लाख ६५ हजारको कागज तथा कागज जन्य बस्तुको निर्यात भएको छ । सबैभन्दा बढी कागज भारतमा निर्यात भएको छ । पछिल्लो आठ महि
विराटनगर / कोरोनाको कारण नेपालको अर्थतन्त्र थलिएको बेला विराटनगरका उद्यमी दिवाकर राठीले ५० करोडको लगानीमा जेमिन रिसाइकल इन्डस्ट्रिज सञ्चालनमा ल्याएका छन् । विगत १० वर्षदेखि ग्रीन प्लाई उद्योग सञ्चालन गरिरहेका राठीले कवाडी प्लास्टिक र पुराना लिड ब्याट्रीको रिसाइकल गरेर प्लास्थिक दाना र लिड बनाउने उद्योग सञ्चालनमा ल्याएका हुन् । मोरङको बुढीगंगा गाउँपालिका –५ स्थित हात्तीमुढामा तीन बिघा क्षेत्रफलमा बनाएको उद्योगमा दैनिक १५ टन भन्दा बढी पुराना प्लास्टिक रिसाइकल गरेर दाना उत्पादन गर्न सकिने उद्योगी राठीले बताए । राठिका अनुसार उद्योगमा प्लास्टिकका पुराना सामानबाट दानाको उत्पादन गरि दा
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रु पे कार्ड र सोलु करिडोर प्रसारण लाइन आयोजनाको उद्घाटन गरेका छन् । भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा विश्वव्यापी भुक्तानी कार्ड र सोलु करिडोरको उद्घाटन गरेका हुन् । भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको ‘रुपे’ भारत आफैँले विकास गरेको हो ।‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ ।७० करोड भारतीयले प्रयोग गर्ने दावी
बिर्तामोड / खाना पकाउने एलपी ग्यासको बजारमा हाहाकार भईरहेका बेला पेट्रोलियम पदार्थ डिजेल , पेट्रोल र मट्टितेलको पनि अभाव सुरु भएको छ । सरकारसँग ढुवानी भाडा र कमिसन वृद्धिको माग राखी आन्दोलन गरिरहेका उद्योगी तथा व्यवसायीले आज शुक्रबारबाट इन्धन लोड–अनलोड बन्द गरेपछि बजारमा अभाव देखिन थालेको हो ।यसअघि नै गत फाल्गुण अन्तिम साताबाट ग्यास उद्योगी र व्यवसायी आन्दोलनमा उत्रिएपछि बजारमा खाना पकाउने ग्यासको अभाव सुरु भएको थियो । ग्यास आयात र उद्योगले बिक्री बन्द गरेपछि अभाव झेलिरहेका उपभोक्ताले व्यवसायीको आन्दोलनका कारण अब डिजेल र पेट्रोल लगायतका पेट्रोलियम पदार्थको पनि अभाव झेल्नुपर्ने भएको छ ।सरकार पे
बिर्तामोड / झापाको बिर्तामोडमा ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रालिले युवा लक्षित उद्यमशील तालिम ‘उर्जा–द ट्रेनिङ फर इन्टरप्रेनरशिप’ सञ्चालन गर्ने भएको छ ।तालिम आयोजक संस्था ड्रिम्स वल्र्डले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी युवा पुस्तालाई उद्यमशीलता तर्फ आकर्षित गर्न तीन दिने तालिम आयोजना गरिएको जनाएको छ ।पत्रकार सम्मेलनमा बोल्दै आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रनित पुडासैनीले युवा पुस्ता उद्यमशीलता तर्फ आकर्षित देखिन थालेकाले तालिम आयोजना गरिएको बताएका छन् ।व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटिभेसनल स्पीकर रोहित मल्ल, सामाजिक उद्यमी प्रकृति मैनालीले सहजीकरण गर्ने तालिममा काठमाण्डौ
बिर्तामोड / साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य १३ सयले घटेको छ । सोमबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
बिर्तामोड / अन्तराष्ट्रिय बजारमा रुस–युक्रेन युद्धका कारण कोइलाको मूल्य आकासिएपछि नेपालमा उर्जा संकट सुरु भएको छ ।सुख्खायाममा भारतबाट विजुली आयात गरी मुलुकको लोडसेडिङ हटाउन सफल विद्युत प्राधिकरणले महङ्गोमा विजुली किनेर सस्तोमा बेच्ने अवस्था आएपछि दैनिक ९ घण्टा सम्म लोडसेडिङ गर्न थालेको हो ।उपभोक्ताको घरसम्म नै पुग्ने गरी लोडसेडिङ गर्दा निकट रहेको निर्वाचनमा असर पर्ने देखिएपछि सत्तारुढ दलको सल्लाहमा विद्युत प्राधिकरणले उद्योगलाई दिँदै आएको बिजुलीमा कटौती गर्न सुरु गरेको हो ।भारतीय बजारमा बिजुलीको मूल्य उकासिएर प्रति युनिट ३८ रुपैयाँ सम्म पुगेपछि भारतबाट आयात घटाउन प्राधिकरणले उद्योगमा विजुली कट
बिर्तामोड / भारतमा अर्बौ रुपैंया ठगी र कर छलीमा मुछिएपछि नेपाल आएर विराटनगरमा आरती स्ट्रिप्स नामको उध्योग नै स्थापना गरी संचालन गर्दै आएका भूषण ग्रुपका संचालक आरती सिंघल भारतमा पक्राउ परेकी छन् ।नेपालकै ठूलो उध्योगका रुपमा चिनिएको स्टिल उध्योगका संचालक भारतमा अर्बौ रुपैंया ठगी र करछलीको मुद्धामा पक्राउ परेको भारतबाट प्रकाशित हुने ईकोनोमिक टाईम्सले जनाएको छ ।भारत सरकार मातहतको गम्भिर ठगी अनुशन्धान कार्यालय ( एसएफआईओ ) भारतको भूषण पावर एण्ड स्टिल लिमिटेलड ९ बिपीएसएल ० का पूर्व उपाध्यक्ष समेत रहेकी सिंघललाई पक्राउ गरेको हो ।गम्भिर ठगी अनुशन्धान कार्यालयले अनुशन्धान थाले लगत्तै सिंघल नेपालमा आफ्ना
बिर्तामोड / संसारभर व्यापक रुपमा हरेक दिन बढ्दै गरेको विनिमयको नँया माध्यम क्रिप्टोको कारोबार अधिकांश देशहरूमा प्रतिबन्ध गरिदै आएपनि भारतले भने यसलाई वैधानिकता दिने भएको छ । क्रिप्टोको कारोबारको व्यापकतासँगै हरेक घण्टामा बढ्ने गरेका लगानीकर्ताका कारण पनि यसलाई वैधानिकता दिन भारत सरकारले आवश्यक ठानेको हो ।भारत सरकारले भर्चुअल डिजिटल सम्पत्ति (भीडीए) मा कर लगाउन गरेको प्रस्ताव अप्रिल १ बाट कार्यान्वयनमा आउने भएको छ । भारतको तल्लो सदन लोकसभाले वित्त विधयेक फाइनान्स बिल, २०२२० पास गरेसँगै भर्चुअल सम्पत्तिमा कर लगाउन सहज भएको सार्वजनिक भएको छ ।लोकसभाले उक्त विद्ययेकमा भर्चुअल डिजिटल
धरान / सुनसरीको धरान उपमहानगरपालिका भित्र सञ्चालित बचत ऋण सहकारी संस्थाले लगानीकर्ताहरूको पैसा अपचलन गर्ने घटना बढ्दै गएको पाइएको छ । बेथितिमा चलिरहेका सहकारीलाई स्थानीय सरकारले नियमन गर्न नसक्दा सहकारीले लगानीकर्ताको पैसा अपचलन गर्ने घटना बढ्दै गएको हो । धरान उपमहानगरपालिका भित्र जम्मा ८७ वटा सहकारी संस्था रहेकोमा २२ वटा सहकारी संकटग्रस्थकाे सुचीमा परेका छन् । सहकारीको ठगी र अनियमितता बढ्न थालेपछि गत वर्ष २०७७ मा धरान उपमहानगरपालिकाको सहकारी विकास समितिले नगरभित्रका ४२ वटा सहकारीको अनुगमन गरेको थियो । ४२ वटा सहकारी अनुगमन गर्दा ११ वटा संकटग्रस्थ भेटिएको महानगरपालिकाको प्रतिवेदन
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.