काठमाडौं / अर्थतन्त्र धर्मराउन थालेपछि सजग बन्दै सरकारले समेत हप्तामा दुई दिन बिदा गर्ने जस्ता नियम लागू गरेको समयमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) बढेको देखिएको छ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको र इन्धन आयातमा पनि चुनौती भइरहेको समयमा बढ्दो एफडिआईले अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने भएको हो । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिना (चैतसम्म) मा करिब साढे ३३ अर्बभन्दा बढी लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।गत आवको सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो । अघिल्लो वर्षको तुलनामा सात अर्ब २८ अर्ब रुपैयाँ
काठमाडौं / एकवर्षमा नेपालीको औसत आम्दानी १६ हजारले बढेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै वार्षिक प्रति व्यक्ति आम्दानी औसत १ लाख ६७ हजार र १३७२ अमेरिकी डलर पुगेको छ ।
काठमाडौं / केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ४८ खर्ब पुग्ने अनुमान गरेको छ । बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यका आधारमा ४२ खर्ब ७७ पुग्ने विभागले जनाएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा ४ दशमलब १ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने चालू आर्थिक वर्षमा ५ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि हुने विभागले प्रक्षेपण गरेको छ ।चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलब ३ प्रतिशत, उद्योगको वृद्धिदर १० दशमलब ३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५ दशमलब ९ प्रतिशत हुने विभागले अनुमान लग
काठमाडौँ / सरकारले आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आर्थिक वर्ष ०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले यसअघि आर्थिक वर्ष ०७८/७९ मा गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको थियो भने आर्थिक वर्ष ०७७/७८ मा ३ हजार १५ रुपैयाँ तोकिएको थियो ।
झापा / उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। आगामी मसान्तसम्मका लागि छ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, २५० सिसीमाथिका मोटरसाइकल, ३२ इन्चमाथिको रंगीन टेलिभिजन, गाडी, मदिरा, सुर्तीजन्य पदार्थ, खेलौना, तास र हिरा लगायतका सामाग्रीहरूको आयतमा रोक लगाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादन पनि आयात गर्न पाइने छैन। आयातमा बन्देज लगाइएका सा
काठमाडौँ / वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप उच्च दरले घट्न थालेको छ । चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप वैशाखमा आउँदा ४३ खर्ब ६७ अर्बमा झर्दा २२ अर्बको गिरावट भएको हो । पछिल्लो एक सातामा मात्रै १० अर्बले घटेको निक्षेप भन्दा ऋण थोरै मात्रामा मात्रै घटेको छ ।चैत मसान्तदेखि वैशाख ९ गतेसम्म ऋण ३ अर्बले घटेको छ भने एक सातायता अवधिमा ऋण एक अर्बले घटेको छ ।चालु आर्थिक वर्षको कुल निक्षेप १६६ अर्बले वृद्धि भएको छ । पछिल्लो एक सातामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ भने ऋण एक अर्बले झरेको छ ।
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा गरेको सर्वेक्षणमा नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो ।सर्वेक्षणले मुलुकको अर्थतन्त्रको आकार, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र जनसङ्ख्याका आधारमा वाणिज्य बैङ्कहरूको सङ्ख्या धेरै रहेको निष्कर्ष निकालेको छ । त्यस्तै , हाल सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या पनि आदर्श अवस्थाभन्दा बढी रहेको समेत देखिएको छ । सर्वेक्षणमा ५
काठमाडौं / नेपाल राष्ट्र बैंकले मंगलबार १८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिन गरी दुई किसिमको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको सूचना सार्वजनिक गरेको हो ।बैंकले ट्रेजरी बिलका लागि भने सोमबार दिउँसो ३ बजेसम्मका लागि आवेदन दिन सकिने जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।सार्वजनिक बोलकबोलमार्फत बाँडफाँड हुने ट्रेजरी बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत बिना प्रतिस्पर्धात्मक प्रणालीमार्फत वितरण गरिने बैंकले जनाएको छ ।
बिर्तामोड / कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो रहेको समयमा अत्यधिक मात्रामा खाद्य पदार्थ आयात भइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । खेतीयोग्य जमिन समेत रहेको जमिन खेर गइरहेको समयमा कृषि प्रदान देश भनिएपनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै ५९ अर्ब बढी खाद्यान्नको आयात निराशजनक देखिएको हो । धान, मकै, कोदोलाई प्रमुख खाद्यबाली मानिए पनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै रु ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार बराबरको आयात भएको भन्सार विभागमा उल्लेखित छ ।कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य रहेको छ । सरकारल
काठमाडौँ / पछिल्लो समय सरकारले स्वचालित मूल्य प्रणाली लागू गरसँगै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि कठिनाइ खेपीरहेका सर्वसाधारण बजारमा ग्यासको अभावका कारण थप समस्यामा परेका छन् ।स्वचालित मूल्यको हल्ला चलेपछि व्यापार घाटामा जाने संकेत पाएका व्यवसायीले भारी मूल्यमा ग्यास बिक्री गर्नलाई तत्काल ग्यास लुकाउन थालेपछि बजारमा ग्यासको अभावले उपभोक्तालाई समस्यामा पारेको हो । व्यवसायीले ग्यास लुकाउन थालेपछि बजारमा ग्यासको अभावले सर्वसाधारणले ग्यास पाउन एक साता कुर्नुपर्ने अवस्था आएको छ । अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्यमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.