बिर्तामोड / स्थानीय तहको निर्वाचन लगतै सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) मध्यरातदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । मूल्य बढाएपछि पनि पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
काठमाडौं / चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर घाटा दुई खर्ब ६८ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।फागुन मसान्तमा दुई खर्ब ५८ अर्ब ६४ करोड रहेको शोधनान्तर घाटा एक महिनामा साढे नौ अर्बभन्दा माथिले बढेको हो ।गत आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड पुगेको थियो । फागुन र चैत महिनामा मासिक ९० अर्बभन्दा माथि आयात भए पनि त्यसले आयात धान्न पर्याप्त नहुँदा भुक्तानी सन्तुलन घाटा बढ्दै गएको हो ।फागुन मसान्तमा चार खर्ब ६२ अर्ब ९३ करोड रहेको चालु खाता घाटा चैत मसान्तमा बढेर पाँच खर्ब १२ अर्ब ७१ करोडले पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु
काठमाडौं / चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले घटेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार टेलिकमले चालु आवको तेस्रो त्रैमासमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको हो ।गत आर्थिक वर्षको तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) मा टेलिकमको खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार पुगेको थियो । त्यस्तै , गत आवको तृतीय त्रैमासिक अवधिमा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार थियो ।चालु आर्थिक वर्षका सोही अवधिमा ७६ करोड ८२ लाख ५९ हजार अर्थात २ दशमलब ८ प्रतिशतले वृद्धि भई २८ अर्ब २१ कर
झापा / रिभर फल्स पावर लिमिटेडले आज (बुधबार) देखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरले २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाएको हो।जसमध्ये कम्पनीले ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम दिन जेठ ४ गते हो। कम्पनीले सेयर निष्कासन तथा बिक्री प
काठमाडौं / अन्तराष्ट्रिय बजारमा महँगाइ बढेसँगै इन्धन आयातका लागि सरकारले चुनौती खेपीरहेको समयमा स्थानीय तह निर्वाचनको दौडधूपका कारण पेट्रोलियम पदार्थको खपत अझै बढेको छ । आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवार लगायतले चुनाव प्रचारमा सवारीसाधनको व्यापक प्रयोग गरेपछि इन्धन खपत बढेको हो । दलका नेता , कार्यकर्ता लगायत उम्मेदवारले प्रचारका लागि सवारीसाधनको प्रयोग गरेसँगै चुनाव व्यवस्थापनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि सवारीसाधन प्रयोग गरेका छन् । चुनावका कारण पेट्रोल, डिजल, एलपीजी ग्यास र हवाई इन्धनको खपतमा वृद्धि भ
बिर्तामोड / वित्तिय संस्थाको रुपमा रहेको बैंकहरूले नै तरलता अभाव भएपछि नाफा कमाउनका लागि ब्याजदर बढेको भन्दै प्रिमियम असुलेपछि ऋणी समस्यामा परेका छन् । विदेशी विनिमय सञ्चिति पनि घटिरहेको समयमा लगानी योग्य रकम तरलताको अभाव देखिएपछि बैङ्किङ क्षेत्रले ऋणीलाई मार पर्नेगरी गैरकानूनी रुपमा प्रिमियम चार्ज लिन थालेका हुन् । प्रत्येक बैंकहरूले बढेको आधार दर (बेस रेट) अनुसार ब्याजदर बढाउनुपर्ने व्यवस्था गरेको भएपनि गैरकानूनी रुपमा सम्झौता भन्दा बढी प्रिमियम असुल्दै ऋणीलाई ठगेका छन् ।बैंकले राष्ट्र बैंकको नियम र ऋणीसँग भएको सम्झौता विपरित गएर तोकेको ब्याजदर भन्दा धेरै प्रिमियम बढ
काठमाडौं / मंगलबार नेपाली बजारमा ७०० रुपैयाँले छापावाल सुनको मूल्य घटेर ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार तेजाबी सुनको मूल्य आज तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै महासङ्घको अनुसार चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार २७५ रुपैयाँ कायम भएको छ ।
काठमाडौं / मुलुकको अर्थतन्त्र थलिएको समयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आधा दर्जन वाणिज्य बैंकलाई विदेशबाट ऋण ल्याउने अन्तिम स्वीकृति रोकेका छन् । लगानी योग्य पुँजी(तलरता) अभाव भएको समयमा बैंकहरूलाई बोलाएरै विदेशबाट विदेशी मुद्रामा ऋण ल्याउनका लागि तत्काल अनुमति दिन नसक्ने उनले बताएका हुन् । ऋण तथा अनुदान नै लिएर भएपनि देशको विदेशी मुद्रा सञ्चिति बलियो बनाउनुपर्ने समयमा राष्ट्र बैंकले बैंकहरूलाई विदेशबाट ऋण नल्याउन मौखिक आदेश दिएको हो । पूर्वस्वीकृति लिएर आधा दर्जन बैंकले करिब २० अर्ब नेपाली रुपैयाँ ऋण ल्याउनका लागि विदेशी पार्टीसँग सम्
बिर्तामोड / सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत कर छुटको सीमा ५० हजारदेखि एक लाखसम्मले बढाउने तयारी गरेको छ । व्यक्तिका हकमा चार लाख र दम्पतीका हकमा चार लाख ५० हजारको आम्दानी सम्म १ प्रतिशत कर लाग्ने व्यवस्थामा फेरबदल गर्ने भएको हो । पारिश्रमिकको आधारमा व्यक्तिगत आयमा लाग्ने करको सीमा परिवर्तन गराउन चौतर्फी दबाब आएका कारण सीमालाई अझ विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाएपनि तिन वर्षयता आयकरको सीमा स्थिर रहेक
काठमाडौँ / सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भए मृतकको परिवारलाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरूको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने’ मन्त्रिपरिषद् बैठकको निर्ण
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.