काठमाडौं— इरान–अमेरिका र इजरायलबीच दुई हप्ताको युद्धविराम भएको खबर सार्वजनिक भएपछि बुधबार बिहान एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । मध्यपूर्वमा सैन्य तनाव कम भएको र हर्मुज जलमार्ग पुनः खोल्ने प्रतिबद्धता आएपछि कच्चा तेलको मूल्यमा पनि भारी गिरावट आएको छ ।जापानीज शेयरबजार निक्केई २२५ मा ५.२८ प्रतिशत (२,८२२.४४ अंक) को बढोत्तरी देखिएको छ भने दक्षिण कोरियाको कोस्पी ५.६१ प्रतिशत वा ३०८.११ अंकले बढेको छ । भारतको गिफ्ट निफ्टीपनि ३ प्रतिशतभन्दा बढीले बढेर २३,८४१ को स्तरमा पुगेको छ । अन्य क्षेत्रीय सूचकांकहरू जस्तै हङकङको ह्याङ सेङ ३.०४ प्रतिशत र ताइवान वेटेड ३.७२ प्रतिशतले बढेका छन् ।युद्धव
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिद दर १४८ रुपैयाँ ५२ पैसा र बिक्री दर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर ए
काठमाडौं— कम्पनी रजिष्ट्रारको कार्यालयले कार्यालय परिसरमा हुने बिचौलियाको प्रभाव नियन्त्रण गर्न कडा कदम चालेको छ। कार्यालयले असम्बन्धित व्यक्तिको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउँदै सेवा प्रवाहलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने नीति अघि सारेको हो।कार्यालयले जारी गरेको सूचनाअनुसार कम्पनी स्थापना, प्रशासन र खारेजीसम्बन्धी सम्पूर्ण सेवा अब कम्पनी एडमिनिष्टर एण्ड म्यानेजमेन्ट इनफरमेसन सिस्टम (सी.ए.एम.आई.एस) मार्फत सञ्चालन हुनेछ। यस प्रणालीअन्तर्गत प्रत्येक कम्पनीका लागि छुट्टै डिजिटल खाता व्यवस्था गरिनेछ, जसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ।सेवाक
काठमाडौं— सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, मन्त्रिपरिषद् बैठकले सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको सरकारले जनाएको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डितलाई अर्थ मन्त्रालयको प्रस्तावमा उक्त जिम्मेवारी दिइएको हो ।
काठमाडौं— नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक किरण पौडेलले राजीनामा दिएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालक रहेका पौडेलले पदबाट राजीनामा दिएका हुन् ।उनले चैत २० गते पदबाट राजीनामा दिएको कम्पनीका अर्का एक सञ्चालकले पुष्टि गरेका छन् । ती सञ्चालकका अनुसार पौडेलले आफ्नो व्यक्तिगत र व्यवसायिक कार्यव्यस्तता कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनीको राजीनामा कम्पनीको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।
काठमाडौं— पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि अर्थ मन्त्रालयले उच्च तहका पदाधिकारीहरूको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ।मन्त्रालयका अनुसार अब सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरूले मासिक ७० लिटर इन्धन मात्र पाउनेछन् भने सहसचिवहरूका लागि यो सीमा ५० लिटर कायम गरिएको छ। यसअघि सचिवहरूले १२५ लिटर र सहसचिवहरूले १०० लिटर इन्धन सुविधा पाउँदै आएका थिए।त्यसैगरी, केन्द्रीय कार्यालयअन्तर्गत सञ्चालनमा रहेका सवारी साधनहरूमा समेत इन्धन आपूर्ति घटाइएको मन्त्रालयले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्ति अस्थिरताको प्रभावलाई मध्यनजर गर्दै सार्वजनिक खर
काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई आज अर्थमन्त्राय पुगेर भेटघाट गर्दै बधाई समेत दिएका छन् ।भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ । साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०/२० अनुपातमार्फत वित्तीय
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।
काठमाडौं— अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.