आर्थिक

    Showing ६७१-६८० of ४,५१९ items.
  • आर्थतन्त्रको आकार ६६ खर्ब बिदेशी बिनिमय सन्चितिमा ऐतिहासिक रेकर्ड

    काठमण्डौ  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसदमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन ।आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए ।आर्थिक  सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ । देशको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुप

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ७५४ पटक पढिएको
  • दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

    काठमाडौं— दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड रुपैयाँ भुक्तानी भएको डिडिसीले जनाएको छ ।कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डिडिसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक एक करोड रुपैयाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डिडिसी) ले ४६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ५१६ पटक पढिएको
  • पशु वधशाला र मासु जाँच ऐन संशोधन गरिँदैः नियम मिच्नेलाई १ लाखसम्म जरिवानाको प्रस्ताव

    काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशकौँ पुरानो पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन विधेयकको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ ।मन्त्रालयले विधायन ऐन, २०८१ को प्रक्रिया बमोजिम सरोकारवाला र सर्वसाधारणको राय सुझावका लागि यो मस्यौदा प्रकाशन गरेको हो । विशेषगरी नेपालको संविधान बमोजिम तीनै तहको सरकारको क्षेत्राधिकार स्पष्ट पार्दै उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको हो ।प्रस्तावित संशोधनमा पशु वधशाला स्थापना र सञ्चालनका लागि विभागबाट अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने व्यवस्था गरिएको छ । मासुको परिभाषालाई समेत थप व्

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ४८२ पटक पढिएको
  • सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता

    काठमाडौं— काठमाडौं महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ ।महानगरपालिकाको वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले आज १ लाख ५० हजार रुपियाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो । यसरी बोलाइएका मध्ये ३४ जनाले बचत फिर्ता लिएका हुन् । सहकारी संस्थाका उपाध्यक्ष रविन लामाका अनुसार अरुको कुरा सुनेर केही बचतकर्ता आज आएनन् । उनीहरुलाई फिर्ता लिन भोलि पनि आग्रह गर्छौँ ।सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । ठुला

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ६४२ पटक पढिएको
  • समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

    काठमाडौं— सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ती जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रुपमा गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजार भन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताहरुको बचत फिर्ताको कार्य चरणबद्ध रुपमा भईरहेको छ । तर हालसम्म चक्रिय कोष स्थापना भने भएको छैन ।समितिका

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ६५८ पटक पढिएको
  • स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छः उपाध्यक्ष धमला

    काठमाडौं— डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता रहेको बताएका छन्।अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित 'आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा' विषयक अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन।अर्थतन्त्र र व्यवसायबीच स्पष्ट नीतिगत बुझाइ नहुँदा उद्योग तथा व्यवसायीहरू निरन्तर दबाबमा परेको उनको भनाइ थियो। उनले सरकारहरूले उद्योग र व्यवसायको वास्तविक योगदान बुझ्न नसकेको टिप्पणी गर्दै अनुगमन तथा कर नीतिहरूले प्रोत्साहनभन्दा बढी दबाब सिर्जना गरेको दाबी गरे।धमलाका अनुसार उ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ८३३ पटक पढिएको
  • आज बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    हेटौंडा— बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने विशेष बैठकका लागि प्रदेशसभा सदस्यहरूलाई बैठक प्रारम्भ हुनुभन्दा १५ मिनेटअघि नै औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।यसअघि मंगलबार अपराह्न बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४५६ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५ दशमलव ४१ निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ दशमलव ०३ र बिक्रीदर रु १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर रु ११० दशमलव १० र बिक्रीदर रु ११० दशमलव ५४ तथा सिङ्गापुर

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४४२ पटक पढिएको
  • रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    काठमाडौं— काठमाडौंको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा सहकारीकी ४० वर्षीया अध्यक्ष शिला श्रेष्ठ र ३५ वर्षीया कोषाध्यक्ष खिलमाया रिजाल रहेका छन्। उनीहरूमाथि सहकारीको ९२ लाख रुपैयाँ रकम अपचलन र हिनामिना गरेको आरोप छ।पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । हाल प्रहरी वृत्त कालीमाटीले हिरासतमा राखी उनीहरूमाथि कानुनी अनुसन्धान अगाडि बढाएको छ। सहकारीमा बचतकर्ताको रकम सुरक्षित गर्नेबारे प्रहरीले थप खोजी गरिरहेको छ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ५७५ पटक पढिएको
  • सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

    काठमाडौं— सार्वजनिक लेखा समितिको बैठकमा उच्च बेरुजु भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गरिएको छ ।बैठकमा मन्त्रालयका प्रतिनिधिहरूले आ–आफ्नो मन्त्रालयको बेरुजु अवस्था र फछ्र्यौट प्रगतिबारे विवरण प्रस्तुत गरेका हुन् ।बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्रालयको कुल बेरुजु ४ अर्ब ५८ करोड रुपैयाँ रहेको जानकारी दिए ।उनका अनुसार त्यसमध्ये मन्त्रालय विभाजन कार्यालयहरूको १ अर्ब ९८ करोड रुपैयाँ तथा समिति, कोष र प्रतिष्ठानतर्फ २ अर्ब ६० करोड रुपैयाँ बेरुजु रहेको छ । उनले मन्त्रालयतर्फ ६१.४३ प्रतिशत र मातहतका

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ५८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.