आर्थिक

    Showing 671-680 of 2,958 items.
  • गृहमन्त्री लेखकको घोषणा: नेपाल प्रहरीको बजेटमा उल्लेख्य वृद्धि, वर्षभरका लागि तलब–रासनको एकमुष्ट व्यवस्था

    काठमाडौँ — गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षका लागि नेपाल प्रहरीको बजेटमा उल्लेखनीय वृद्धि गरिएको बताएका छन्।काठमाडौंमा आयोजित अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले प्रहरी संस्थाको आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर रहेको स्पष्ट पारे।उनका अनुसार, चालू वर्षहरूमा देखिँदै आएको तलब, पोसाक र रासनसम्बन्धी बजेट अभावको समस्या अब दोहोरिने छैन। विगतमा ८ देखि ९ महिनासम्म मात्र बजेट व्यवस्थापन भई बाँकी महिनामा गृह तथा अर्थ मन्त्रालयबीच जटिलता देखिने गरेको भए पनि यस पटक वर्षभरिका लागि एकमुष्ट बजेट विनियोजन गरिएको छ।गृहमन्त्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 222 पटक पढिएको
  • सुन तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो, चाँदी हालसम्मकै उच्च

    काठमाडौं— शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 271 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 157 पटक पढिएको
  • सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

    काठमाडौँ -  सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दैे काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।व्यवसायीहरुले देशभर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 177 पटक पढिएको
  • कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं -  कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो ।बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका संस्थापक शेयर धनिहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र  काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिईसक्नु पर्नेछ ।  निर्धारित मिति भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 279 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारेबार ?

    काठमाडौं— गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ ।आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु  दुई हजार १६५ मा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 278 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७५ प

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 236 पटक पढिएको
  • दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

    रसुवा— दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौंतर्फ प्रस्थान गरिसकेको छ ।चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 226 पटक पढिएको
  • तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो ।राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मक

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 220 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं— सुनचाँदीको मूल्य फेरि बढेको छ । बुधबार सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 232 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा