आर्थिक

    Showing ४८१-४९० of ४,५१९ items.
  • बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायो, सांसद महर

    काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए। उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए ।  उनले भने,‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थिय

    • प्रकाशित मितिः असार २, २०८३
    • २३५ पटक पढिएको
  • कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजित बजेट मन्त्रालयको जिम्मेवारी र महत्वको तुलनामा अत्यन्तै न्यून रहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नागरिकलाई न्यायको पहुँचमा पुर्याउने, विधिको शासन सुदृढ गर्ने, सरकार र संसदबीच समन्वय कायम गर्ने, संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने तथा विपन्न र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने जस्ता महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको बताए। उन

    • प्रकाशित मितिः असार २, २०८३
    • २२० पटक पढिएको
  • सडक सुरक्षा र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् । मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु द

    • प्रकाशित मितिः असार २, २०८३
    • १९५ पटक पढिएको
  • बजेटले कर्णालीको समग्र सम्भावनालाई बेवास्ता गरेको , सांसद रोकाय

    काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायले सरकारले ल्याएको बजेटले हुम्ला र समग्र कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमा हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन स्थापना गर्ने व्यवस्था गरिएकोमा सरकारलाई धन्यवाद दिए। तर क्वारेन्टाइन स्थापना मात्र पर्याप्त नभएको भन्दै त्यसमार्फत कर्णालीबाट निर्यात हुन सक्ने उत्पादनहरूको व्यवसायीकरण, बजारीकरण र प्रवद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रमको अभाव रहेको बताए।  उनले भने,‘बजेटले हुम्ला र समग्र कर्णालीको सम्भावनालाई पूरै नजरअन्दाज गरेको छ । अहिले

    • प्रकाशित मितिः असार २, २०८३
    • १७८ पटक पढिएको
  • विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए। उनले  विश्वकपप्रति आम जनताको उच्च चासो रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताए। सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरे। ‘विश्वकपमा अहिले सबैको चास

    • प्रकाशित मितिः असार २, २०८३
    • १९७ पटक पढिएको
  • सुनको मूल्य सामान्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन मूल्य सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार २, २०८३
    • १९७ पटक पढिएको
  • बीवाईडी विद्युतीय गाडी फुकुवा छानबिनले दियो ‘क्लिन चिट’, नियन्त्रणमा रहेका गाडी फुकुवा

    काठमाडौं— मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन अन्ततः फुकुवा भएका छन्। प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच देखिएको मतभेद अन्त्य भएसँगै सरकारले गठन गरेको छानबिन समितिले आयात प्रक्रियामा कुनै अनियमितता नभेटिएको प्रतिवेदन दिएपछि जोमसोम र कोरलानाकामा रोकिएका गाडी सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो।कोरलानाका हुँदै नेपाल भित्रिएका ७७५ विद्युतीय सवारीमध्ये अधिकांशको भन्सार प्रक्रिया पूरा भइसकेको छ भने नियन्त्रणमा रहेका गाडी क्रमशः गन्तव्यतर्फ पठाइँदै छन्। जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये २२३ गन्तव्यतर्फ पठाइसकिएको र बाँकी सवारीक

    • प्रकाशित मितिः असार २, २०८३
    • ५७८ पटक पढिएको
  • विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो

    बाँके । बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।घर भत्काइएको एक महिना बितिसक्दा पनि राज्यले स्थायी बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न कुनै ठोस पहल नगरेको भन्दै प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । प्रभावित परिवारहरूले कोहलपुरमा प्रदर्शन गर्दै आफूहरूको पुनस्र्थापनाको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार डोजर चलाउनुअघि वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिएको कारबाहीका कारण सयौँ परिवार अहिले कठिन परिस्थितिमा जीवन

    • प्रकाशित मितिः असार २, २०८३
    • १६७ पटक पढिएको
  • ट्राफिक नियम मिच्नेलाई ५० हजार रूपैयाँ जरिवानाको प्रस्ताव

    काठमाडौं— उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक नियम मिच्नेलाई ५० हजार रूपैयाँसम्म जरिवाना हुनुपर्ने प्रस्ताव गरेका छन् । सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन’ सम्बन्धी प्रस्तुतिका क्रममा काफ्लेले हालको ५ सयदेखि १५ सय रूपैयाँसम्म जरिवाना पर्याप्त नभएको भन्दै ३३ गुणासम्म बढाउन प्रस्ताव गरेका हुन् ।हाल ट्राफिक नियम उल्लंघन गर्दा ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना हुने गरेको छ । यसलाई निकै न्यून रहेको बताउँदै एसएसपी काफ्लेले भने, ‘अहिलेको जरिवानाले कसैलाई डर भएन । नियम उल्लंघन गर्नेलाई ५

    • प्रकाशित मितिः असार २, २०८३
    • ४९७ पटक पढिएको
  • ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

    काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । त्यसबाट राज्यकोषमा रु २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन चलाउने १४७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने ११५, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने

    • प्रकाशित मितिः असार २, २०८३
    • २८५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.