ललितपुर— ललितपुर महानगरपालिका–१६, धौंगल क्षेत्रबाट ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।सशस्त्र प्रहरी बलका अनुसार पूर्वी चम्पारण, घोरसहन घर भई हाल नेपालमा बसोबास गर्दै आएका ३१ वर्षीय अभिशेख शेखलाई विशेष सूचनाको आधारमा आज दिउँसो नियन्त्रणमा लिइएको हो।भारतबाट अवैध रूपमा चाँदी भित्र्याई नेपालमै विभिन्न प्रकारका गरगहना बनाएर बिक्री वितरण गरिँदै आएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।शेखको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ। शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडिय
काठमाडौं— न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहनु भएका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगरिदिनुहुन पनि निगमले आग्रह गरेको छ ।निगममामा आंशिक समय पालै पालो सेवा दिनेगरी ९ जना चिकित्सकहरु रहेको निगमका प्रवक्तद्धय सुवास डाँगी र मनोज कुमार साहद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।निगमले डा.अस्मिता अर्याललाई कसैको दवाब र प्रभावमा नभई कानुन बमोजिम नै सेवाका लागि नियुक्त गरिएको स्पष्ट पारेको छ ।उनलाई गलत तरिकाले नियुक्त गरिएको
विराटनगर— नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेती गरेका छन् । करिब एक विगाह क्षेत्रमा लगाइएको फूल यतिबेला ढकमक्क फूलेको छ । हेर्न जाने जोकोहीको आकर्षणको केन्द्रजस्तै बन्ने फूलले नै तिहारलाई स्वागत गरिरहेको अनुभूत गराउँछ । कोशी युवा कृषि फारमका युवाहरूले लगाएको फूल खेतीमा माग उच्च भएको सञ्चालकहरू बताउँछन् । ‘यो फूल हामी आफैँले बिरुवा उमार
काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो ।यसदिन कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ । ३६ हजार ५३१ पट्कको कारोबारमा उक्त शेयर किनबेच भएको हो । यसअघि बुधबार ३ अर्ब १० करोड रुपैयाँको ७६ लाख ११ हजार कित्ता शेयर करोबार भएको छ ।आज सेन्सिेटिभ इन्डेक्स १.७३, फ्लोट इन्डेक्स १.१६ र सेन्सिेटिभ फ्लोट इन्क्डेक्स ०.६२ अंकले घटेको छ । आज हिमालयन पाावर लिसमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्
वीरगन्ज— वीरगन्ज महानगरपालिकाको नेतृत्वले व्यक्तिगत लाभका लागि वीरगन्जको छपकैयामा अवस्थित पानी प्रशोधन केन्द्रलाई बन्द गरी बाख्रा तथा माछा पालन गराउँदै आएको पाइएको छ । वीरगन्ज सहरबाट उत्र्षजित फोहोर पानीलाई प्रशोधन गर्न वीरगन्ज–१ छपकैयामा निर्माण भएको पानी प्रशोधन केन्द्रलाई विगत एक वर्षदेखि बन्दगरी महानगरपालिकाको नेतृत्वले ऐन कानुनलाई लत्याउँदै व्यक्तिगत लाभका लागि बाख्रा तथा माछा पालन गराएको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरको टोलीले बुधबार पानी प्रशोधन केन्द्रमा छापा मारी गर्दा बाख्रा तथा माछा पालन हुँदै गरेको फेला पारेको थियो । सचेत नागरिकहरुका
काठमाडौं— आज सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।
काठमाडौं— नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ।यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २० पैसा र बिक्रीद
काठमाडौैं— धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २२ दशमलव ५८ अंकले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ।कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ रुपैयाँमा खुम्चिएको छ ।म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै समूहका उपसूचक घटेका छन्। व्यापार दुई दशमलव शून्य नौ, अन्य समूह एक दशमलव २२ प्रतिशतले घटेको छ।त्यस्तै बैंकिङ शून्य दशमलव ५४, विकास बैंक एक दशमलव १४, वित्त एक दशमलव १०, होटल तथा पर्यटन एक दशमलव शून्य छ, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.