आर्थिक

    Showing 3,591-3,600 of 4,331 items.
  • कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुग्यो

    एजेन्सी / रुस–युक्रेन युद्धका कारण बजारमा उच्च मूल्य वृद्धि भएको छ । नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको हो ।युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न भएपछि उच्च मूल्य वृद्धि भएको छ । ट्रेन्डिङ इकोनोमीले सार्वजनिक गरेको बिहीबारको विवरणअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।जुन पछिल्लो ११ वर्ष यताकै उच्च हो । तेलको मूल्य बढ्दा नेपालले आयात गर्ने समग्र पेट्रोलियम पदार्थक

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 123 पटक पढिएको
  • आन्तरिक रेमिटको सीमा ७५ प्रतिशतले घटाइयो, दैनिक कारोबार सीमा २५ हजार

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटको सीमा घटाएर २५ हजार रुपैयाँमा झारेको छ । बैंकले बुधबार सूचना जारी गर्दै अनुमति प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सब-रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबार बापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले घटाएको हो ।तर विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको छ । दुई साताअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 96 पटक पढिएको
  • शेयर बजारमा ६३.९८ अंकले गिरावट

    काठमाडौं / पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ ।बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ ।बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबार भने महाशिवरात्री पर्वको कारण शेयर

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 118 पटक पढिएको
  • सुनको मुल्य अहिलेसम्मकै महँगो

    बिर्तामोड / नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै महँगो भएको छ ।बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । त्यस्तै बुधबार चाँदीको भाउ पनि तोलाको ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 132 पटक पढिएको
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    बिर्तामोड  / पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि भएको छ । इन्डियन आयल कर्परेशन (आईओसी) भारतबाट आएको नयाँ सुचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको हो ।आज बृद्धि भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 171 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं / आज (मंगलबार) साताको तेस्रो दिन  सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 104 पटक पढिएको
  • नेपालमा एमजीको नयाँ विद्युतीय गाडी सार्वजनिक

    काठमाडौं / जस–एमजीको ९मोेरिस म्यारेज० नयाँ जेडएस विद्युतीय गाडी नेपालमा सार्वजनिक गरिएको छ । एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आइतबार जेडएस ईभी २०२२ सार्वजनिक गरेको हो । कम्पनीले स्ट्यान्डर्ड र लंग रेन्चका २ वटा भेरियन्ट सहित मूल्य सार्वजनिक गरेको हो ।पारामाउन्ट मोटर्सका अनुसार स्ट्यान्डर्ड रेञ्ज गाडीमा ५१।५ किलोवाट आवर र लङ्ग रेञ्जमा ७२।६ किलोवाट आवर ब्याट्री रहेका छन् । स्ट्यान्डर्ड रेञ्ज एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले जनाएको छ । यस्तै, दुईवटा ब्याट्री प्याकको विकल्प रहेको सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ किमि रहेको छ । पुरानो जेडएसको तुल

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 105 पटक पढिएको
  • ४३ अंकले घट्यो नेप्से

    काठमाडौं / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३ दशमलव १० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो ।सोमबार नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २९५ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहमा २६८ अंकको गिरावट आएको छ ।यसैगरी, उत्पादनमूलक समूहमा १२९ अंकको तथा जलविद्युत समूहमा १०२ अंकको गिरावट आएको छ । आज सामलिङ पावर कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।यी दुई कम्पनीको सेयर

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 114 पटक पढिएको
  • फेरी सुनको मूल्य बढ्यो

    काठमाडौँ / सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ ।पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला ९६ हजार १०० थियो ।सोमवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३४० पुगेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 110 पटक पढिएको
  • रसिया-युक्रेन युद्धले पानीजहाजको चलान रद्द भएपछि कच्चा पदार्थको अभाव हुने अवस्थामा

    बिराटनगर //रसिया-युक्रेन युद्धले पानीजहाजको चलान रद्द भएको छ ।  रसिया र युक्रेनको युद्धपछि विभिन्न बन्दरगाहबाट भिन्न–भिन्न मुलुकका लागि जाने मालवाहक पानीजहाजहरूको चलान रद्द हुन थालेको  हो। युद्ध सुरु भएयता दुवै मुलुकका बन्दरगाहबाट व्यवसायहरू धमाधम बाहिर निकाल्न थालिएपछि चलान रद्द भएर ढुवानी प्रभावित हुन थालेको उद्योग संगठन मोरङका कोषाध्यक्ष एवं क्वालिटी आयल रिफाइनरीका सञ्चालक विपिन काबराले बताएका छन्। घिउतेल उद्योगका लागि कच्चा पदार्थको अभाव हुने अवस्था आएको उनले बताएका छन्।  नेपालमा पैठारी गरिने सूर्यमुखीको कच्चा तेलको ८० प्रतिशत युक्रेन र रसियाबाट आयात गरिन्छ। दुवै मुलुकमा सूर

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 178 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.