आर्थिक

    Showing ३२१-३३० of ४,५१९ items.
  • सांसदको दबाबपछि कोशी सरकार ब्याक, १ अर्ब पुनः बाँडफाँट गर्दै बजेट संशोधन

    विराटनगर— बजेट वितरणमा आफ्नै दलका सांसददेखि प्रतिपक्षसम्मको तीव्र विरोध खेपेको कोशी प्रदेश सरकारले अन्ततः बजेट संशोधन गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्ने तथा रातोकिताबमा रहेका त्रुटि सच्याउने प्रतिबद्धतासँगै करिब १० दिनदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन हुने वातावरण बनेको हो।आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले शुक्रबार प्रदेशसभामा सम्बोधन गर्दै बजेट निर्माणका क्रममा देखिएका कमजोरी स्वीकार गर्दै सांसदहरूले उठाएका जायज माग सम्बोधन गरिने बताए।उनका अनुसार विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ समपर्बण गरी छुटेका योजना समेटिने,

    • प्रकाशित मितिः असार २०, २०८३
    • ५७५ पटक पढिएको
  • सहकारीको रकम फिर्ता नगरे सम्पत्ति जफत, बैंक खाता रोक्का र विदेश यात्रा प्रतिबन्ध

    काठमाडौं / सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी पहिलो संशोधन विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित गर्दै सहकारी क्षेत्रमा देखिएका नीतिगत विषयहरुलाई सुधारको प्रक्रिया अगाडि बढाएको हो । विशेषगरी वचत फिर्ता, नियमन, दर्ता प्रक्रिया र कार्यक्षेत्रका सम्बन्धमा व्यापक सुधार गर्ने भएको छ । सहकारीको बचत रकम अपचलन तथा हिनामिनामा संलग्न सञ्चालक र व्यवस्थापकहरूलाई कडा कानुनी दायरामा ल्याउनेगरी विधेयक ल्याइएको छ ।  दोषी सञ्चालकहरूको सम्पत्ति जफत गरेर तथा ऋण असुली प्रक्रियालाई तीव्र बनाएर पीडित बचतकर्ताहरूको

    • प्रकाशित मितिः असार १९, २०८३
    • २३४ पटक पढिएको
  • आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी, के भन्छ निगम?

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगममा कर्मचारीलाई अतिरिक्त काम ओभरटाइम गरेबापत दिइँदै आएको भत्ता पुनरावलोकन गरी सिफ्ट प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ ।निगममा ओभरटाइमका नाममा भइरहेको ठूलो आर्थिक खर्च, कार्यप्रणालीमा देखिएको असन्तुलन तथा वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले मन्त्रालयले यस्तो गृहकार्य थालेको हो। नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ‘सेवा सुविधा’ शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्ताको व्यवस्थालाई संशोधन गरी कार्यप्रकृतिअनुसार कर्मचारीलाई सिफ्टमा परिचालन गर्ने प्रस्ताव तयार पार्ने काम भइरहेको मन्त्रालयले जनाएको

    • प्रकाशित मितिः असार १९, २०८३
    • ३५६ पटक पढिएको
  • बालेन सरकारका १०० दिनः कूटनीतिमा नयाँ अभ्यास, भारत–चीनसँग सन्तुलित सम्बन्धमा जोड

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्ने क्रममा परराष्ट्र नीतिमा केही नयाँ अभ्यास सुरु गरेको दाबी गरेको छ। सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहुँच विस्तार, संस्थागत प्रणाली सुदृढीकरण र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको जनाएको छ।सरकारले परराष्ट्र मन्त्रालयको समन्वयबिना मन्त्री वा उच्च सरकारी अधिकारीले विदेशी राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न नपाउने व्यवस्था लागू गर्दै कूटनीतिक आचारसंहिताको कडाइका साथ पालना गराएको बताएको छ। यससँगै विगतमा प्रचलित अनौपचारिक भेटघाटको अभ्यास अन्त्

    • प्रकाशित मितिः असार १९, २०८३
    • ५०८ पटक पढिएको
  • प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

    काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाएको छ । आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले साउन १ गते विशेष साधारण सभा बोलाएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा हुने कम्पनीले जनाएको छ । सभाबाट आईपीओसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा समेत र

    • प्रकाशित मितिः असार १९, २०८३
    • २२७ पटक पढिएको
  • माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    काठमाडौं / माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बाँडफाँट गरिएको छ ।कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रममार्फत शुक्रबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि असार ३ गतेदेखि ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो ।उक्त अवधिमा प्राप्त आवेदनमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका थिए। बाँडफाँट परिणामअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले गोलाप्रथामार्फत १०–१० कित्ता सेयर प्राप्त गरेका छन् ।आईपीओको नतिजा सीडीएससीको मेरोसेयर तथा आईपीओ नतिजा प्रणालीमार्फत हेर्न सकिनेछ ।

    • प्रकाशित मितिः असार १९, २०८३
    • १९८ पटक पढिएको
  • ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य ६ हजार २ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।बिहीबार २ लाख ७७ हजार ३ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ७० रुपैयाँ थियो । 

    • प्रकाशित मितिः असार १९, २०८३
    • २२२ पटक पढिएको
  • पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

    काठमाडौं / नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ । पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखी दिनभर देशभर इन्धन आपूर्ती असहज भएको थियो । अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ती असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानूनी आधारसमेत नभेटिएपछि उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ

    • प्रकाशित मितिः असार १९, २०८३
    • २१९ पटक पढिएको
  • राष्ट्रिय सेवा दलसम्बन्धी नयाँ विधेयकः जुनसुकै नेपाली नागरिकलाई पनि सैन्य तालिम दिन सकिने प्रस्ताव

    काठमाडौं— सरकारले राष्ट्रिय सेवा दलसम्बन्धी नयाँ विधेयकमार्फत आवश्यक परे जुनसुकै नेपाली नागरिकलाई पनि सैन्य तालिम दिन सकिने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्ले राष्ट्रिय आवश्यकताको आधारमा व्यक्ति वा संस्थालाई सैन्य तालिम दिने निर्णय गर्न सक्नेछ।विधेयकमा तालिम लिन इच्छुक व्यक्ति वा संस्थाले राष्ट्रिय सेवा दलमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै, तालिम प्राप्त गरेका व्यक्तिलाई आवश्यकता अनुसार स्वयंसेवकका रूपमा राष्ट्र सेवामा परिचालन गर्न सकिने उल्लेख छ।विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र राष्ट्रिय एकताको भावना वि

    • प्रकाशित मितिः असार १९, २०८३
    • ४६४ पटक पढिएको
  • प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन अवधि असार ३० सम्म थप

    काठमाडौं— प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।बैंकका अनुसार मागभन्दा बढी आवेदन परेमा भने तोकिएको मितिअगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड र

    • प्रकाशित मितिः असार १९, २०८३
    • ४४१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.