आर्थिक

    Showing 3,001-3,010 of 3,700 items.
  • तीन महिनामा नेपाललाई ५५ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त

    काठमाडौं / नेपालले पछिल्लो तीन महिनामा करिव ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । नेपालले २०७९ कात्तिक देखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको अर्थ मन्त्रालयले जनाएको हो । प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ ऋण सहायता रहेको छ । नेपालले पछिल्लो तीन महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । पछिल्लो तीन महिनामा एसीयाली विकास बैंक (एडीबी)ले ७ अर्ब १७ करोड रुपैयाँ, कोरियाले १ अर्ब ४ करो

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 120 पटक पढिएको
  • शेयर बजारमा २२ अंकले गिरावट

    काठमाडौं / शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २२ अंकले ओरालो लागेर २८ सय १३ मा आएर थामिएको हो ।बुधबार कारोबार समेत अझै घटेर जम्मा साढें ३ अर्ब हाराहारीमै खुम्चिएको छ । मंगलबार केही समूह सकारात्मक रहेकोमा आज सबै समूह राताम्मे रहेको छ । निर्जीवन बीमा समूह सबैभन्दा उच्च २ सय अंक हाराहारीले ओरालो लागेको छ।जीवन बीमा समूह पनि ढेड सय अंकले ओरालो लागेसंगै अरु पनि अधिकांश समूहमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ६५ लाख कित्ता शेयर जम्मा ३ अर्ब ४७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।यस दिन १ सय ६५ कम्प

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 101 पटक पढिएको
  • आज पनि ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।छापावाल सुन मंगलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको हो ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 105 पटक पढिएको
  • एसियाकै धनाड्य गौतम अडानी बने

    काठमाडौं / भारतका गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । भारतकै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिनेर अडानी एसियाकै धनाढ्य व्यक्ति बनेका हुन् ।ब्लुमबर्गको विलयनेर्स इन्डेक्सको सूचीका अनुसार गौतम अडानीको कूल सम्पत्ति ८८.५ अर्ब डलर र अम्बानीको कूल सम्पत्ति ८७.९ अर्ब डलर छ ।हालै अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको साउदी अरबको तेल कम्पनी अरामकोसँग करार टुटेको थियो । त्यसपछि सेयर बजारमा अम्बानीको कम्पनीको सेयरमा तीव्र गिरावट आएको थियो । अर्कोतर्फ अडानी कम्पनीको सेयरमा उछाल आएपछि गौतम जमानीलाई एसियाकै सबैभन्दा धनी व्यक्ति बन्ने सफलता मिलेको ब्लुम्बर्गले जनाएको छ ।अड

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 107 पटक पढिएको
  • सुनको मूल्य ५ सयले बढ्यो

    काठमाडौं / साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार २ सय ५५ रुपैँयामा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 96 पटक पढिएको
  • कुमारी बैंकका कामु सीईओ र डेपुटी सीईओद्वारा राजिनामा

    काठमाडौं// कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतद्वयले राजिनामा दिएका छन्।  कुमारी बैंकका अधिकृतद्वय अनुजमणी तिमल्सिना र  मनिस तिमल्सिनाले राजीनामा दिएका हुन्। दुबै जनाले बैंक सञ्चालक समितिसँग सल्लाह मै स्वेच्छिक अवकास लिएको बताइएको छ ।सञ्चालक समितिले केही दिन अघि स्वेच्छिक अवसका स्कीम (भीआरएस) आफर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुबै जनाले एकैपटक राजिनामा दिएका हुन्।  कामु सीईओ तिमिल्सनाले स्कीम मन परेकाले बैंकबाट बिदा लिएको जानकारी गराएका छन्।कामु सीईओ र डेपुटी सीईओ दुबै जना बैंकबाट बाहिरिए पछि बैंक सञ्चालक समितिले क

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 75 पटक पढिएको
  • भन्सार छली ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजना विमानस्थलबाट पक्राउ

    काठमाडौं //अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्‍वकर्मारहेका छन्। यसैगरी  झापा शिवसताक्षी नगरपालिका-९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी समेत रहेको प्रहरीले बताएको छ। जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका पदमबहादुर, मानसिंह र समिर गरी तीनैजनाको साथबाट साथबाट ५८/५८ ग्राम बराबरको सुनको सिक्री, ती

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 69 पटक पढिएको
  • आइतबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मूल्यमा कारोबार भइरहेको हो ।त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ ।महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।आज चाँदीको मूल्य पनि स्थिर छ । महासङ्घका अनुसार आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 131 पटक पढिएको
  • लमजुङमा मह उत्पादनमा कमी

    झापा / लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य रु ८५० देखि ९०० सम्म रहेपनि किसानले रु एक हजारसम्ममा बिक्री ग

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 135 पटक पढिएको
  • पैसा लिएर दलाल सम्पर्कविहीन भएपछि ..........

    झापा / इलाम सूर्योदय–८ कजेनीका रामकुमार प्रधानले छोरालाई युरोप पठाउने ऋण लिएर ३ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाए । पैसा लिएपछि दलाल सम्पर्कविहीन भए। तीन वर्षअघि लिएको सोही ऋणको ब्याज तिर्न नसकेर प्रधान समस्यामा परेका छन् ।  प्रधानले चिनजानका भरमा बिना कागजात  तीन वर्षअघि झापा सुरुंगा –५ का प्रदीप पौडेललाई पैसा बुझाएका थिए । विदेश पठाउन भन्दै पौडेलले युवाहरूबाट १ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म उठाएर फरार भएको  उनको दाबी छ । छोरालाई युरोपमा राम्रो काम लगाउने आश्वासन पाएपछि प्रधानले धेरै हातहातै र केही मनी ट्रान्सफरबाट पठाए । मेचीनगर–६ का प्रदीप भण्डारीले पनि आफूबाट पौडेलल

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 146 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.