आर्थिक

    Showing 2,871-2,880 of 4,329 items.
  • १९ दशमलव ३ प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाडौँ- गएको ११ महिनामा रेमिट्यान्स भने १९.३ प्रतिशतले वृद्धि भएको देखिएको छ।  आर्थिक वर्ष २०८०-८१ मा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

    • प्रकाशित मितिः असार २६, २०८१
    • 328 पटक पढिएको
  • झलनाथ प्रतिष्ठानमा करोडौ भ्रष्टाचार : पूर्वमन्त्रीलाई ९ वर्ष सजाय कैद र २ करोड ३५ लाख जरिवाना

    काठमाडौँ- विशेष अदालतले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गरेको छ। विशेष अदालतले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद हुने फैसला सुनाएको हो ।उनलाई कसुरअनुसार ८ वर्ष र उनको पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला विशेष अदालतले सुनाएको छ । उनीबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ बिगो र जरिवाना हुने ठहर पनि अदालतले गरेको छ ।प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर

    • प्रकाशित मितिः असार २५, २०८१
    • 233 पटक पढिएको
  • बंगलादेशले विद्युत् खरिद बिक्री सम्झौता गर्न नेपाललाई बोलायो, प्रति युनिट ६.४० अमेरिकी सेन्टमा लाने

    काठमाडौँ-  बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो। कानुनमा भएको व्यवस्था बमोजिम बीपीडीबी १६ पुस २०८०मा  नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्

    • प्रकाशित मितिः असार २५, २०८१
    • 560 पटक पढिएको
  • नेप्से सूचक १५.७९ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

    काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १५.७९ अंकले बढ्दै २१ सय ५२.१४ विन्दुमा उक्लिएको छ । गत सातादेखि लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा अघिल्लो दिन भने ४.६२ अंकको गिरावट आएको थियो । तर, आज मंगलबार पुनः १५ अंकमाथिले नेप्से सूचक बढ्दा कारोबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.५० अंकले बढ्दै ३८०.९६ विन्दुमा उक्लिएको छ । बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.४९ प्रतिशले बढेको छ । यसैगरी माइक्रोफाइनान्स समूहको उपसूचक ३.०६ प्रतिशतले बढ्दा यता फाइनान्स, होटल तथा पर्य

    • प्रकाशित मितिः असार २५, २०८१
    • 474 पटक पढिएको
  • यी हुन गभर्नरले संसदीय विशेष छानविन समितिलाई दिएका पाँच सुझाव

    काठमाडौं—  नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि संसदीय छानबिन समितिलाई पाँचवटा सुझाव दिएका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको ११ औं बैठकमा महाप्रसाद अधिकारीले एकलाख सम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सो भन्दा बढि बचत गर्ने बचतकर्ता गरि तीन चरणमा वर्गीकरण गरि रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन्।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्यबहादुर थापाले समस्याग्रस्त सहकारीका सम्बन्धमा विशेष टीम गठन गर्न सकिने सुझाव दिएको जानकारी दिए।थापाका अनुसार गभर्नर अधिकारीले एक लाख, पाँच लाख र पाँच लाख भन्दा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 477 पटक पढिएको
  • मनमोहक तातोपानी

    यो जुम्लाको पर्यटकीय गन्तव्य तातोपानी गाउँ हो। तिला नदीको किनारमा रहेको तातोपानीको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरूको भिड लाग्छ ।तातोपानीको मुहानकै नामबाट नामकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै सुन्दर र आकर्षक पनि छ । पालिकालाई दुई भागमा विभाजन गर्ने गरी तिला नदी बगेको छ । तिला नदीको दुवै किनाराहरू अति उब्जाउ छन् । अधिकांश लेकाली खोरियानहरुमा स्याउका ठुलाठुला बगानहरु छन् भने फेदीमा सुन्दर बस्तीहरू अवस्थित छन् । बिस्तारै आधुनिकीकरणमा प्रवेश गर्दै गरेको जुम्ला तीव्ररुपमा बदलिँदो छ ।हिउँदमा जौ खेती र वर्षायाममा काली मार्सी धानको खेती गरिन्छ । जुम्लामा पहिलो अधिक खेती गरिने बालीहरूमा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 413 पटक पढिएको
  • ८० खानी खोजिँदै

    काठमाडौं— खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए । यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलि

    • प्रकाशित मितिः असार २४, २०८१
    • 491 पटक पढिएको
  • सुनको आयात ४० प्रतिशतले घट्यो

    काठमाडौं— ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुई हजार ६५१ केजी सुन आयात भएको छ। गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो। यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुँदा आयातमा समेत कमी आएको हो। गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो। यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ। विभागको तथ्याङ्क अनुसार चालु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँ बराबर

    • प्रकाशित मितिः असार २४, २०८१
    • 336 पटक पढिएको
  • सोमबारदेखि सरकारी खाता रोक्का हुने

    काठमाडौँ- भोलि २४ असार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए।  'सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्,' रिजालले भने, 'कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले य

    • प्रकाशित मितिः असार २३, २०८१
    • 501 पटक पढिएको
  • शेयर दोहोरो अंकले वृद्धि

    काठमाडौँ- कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो।यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ।दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् ।गत साताको दोस्रो कारोबारपछि निरन्तर बढीरहेको नेप्से आज पनि बढेको हो। कारोबारका आधारमा २१ करोड ७१ ल

    • प्रकाशित मितिः असार २३, २०८१
    • 325 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.