आर्थिक

    Showing 2,871-2,880 of 3,276 items.
  • साहस ऊर्जाको आइपिओ बुधबारदेखि

    काठमाडौँ/ साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।  बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० ल

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 107 पटक पढिएको
  • नाकाबाट अवैध सामान भित्र्याउने भन्सार एजेन्ट कारबाहीमा

    विराटनगर / भन्सारबाट अवैध रुपमा समान भित्र्याउने भन्सार एजेन्ट निलम्बनमा परेका छन् ।  भन्सारबाट अवैधरुपमा सामान भित्र्याउने भन्सार एजेन्ट कृष्ण थापा र सामान आयत गर्ने फर्म पूर्ण कृष्ण ट्रेडर्सलाई विराटनगर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको हो । पूर्ण कृष्ण ट्रेडर्स फर्म प्रयोग गरेर गैरएजेन्ट राजकुमार रौनियार र लक्ष्मण रौनियारले भारतबाट कपडा आयात गर्ने र एजेन्ट थापाले सामानको भन्सार महसुल नतिराई भन्सार विन्दुबाटै अवैध रुपमा सामान छिराउँदै आएका थिए । अवैध तरिकाले भन्सार छली गरेर सामान ल्याएको पाइएपछि प्रमुख भन्सार अधिकृत शिव भण्डारीले उनलाई निलम्बन गरेको भन्सार अधिकृत अमित ति

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 296 पटक पढिएको
  • कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

    लुम्बिनी / कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी  ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत किसानलाई विभिन्न विषयमा जानकारी पाउन सकिने बताएका छन् । उनले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने जानकारी दिएका छन्। बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्य

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 142 पटक पढिएको
  • नयाँ बजेट : रासायनिक मल खरिद गर्न तथा बाली तथा पशु बिमाका लागि ३ अर्ब ३५ करोड थप

    बिर्तामोड / सरकारले रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसद्मा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई सो रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरि उक्त रकम विनियोजन भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।  सञ्जेलका अनुसार बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको छ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 149 पटक पढिएको
  • दशैँकालागि आजदेखि नयाँ नोट साट्न शुरु

    बिर्तामोड / नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट साट्न शुरु गरेको छ । बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधारणका लागि नोट साट्न शुरु गरेको हो । राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरूले पनि आफ्ना ग्राहकहरूलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरूले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।राष्ट्र बैंकले आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरूबाट नयाँ नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । राष्ट्र ब

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 92 पटक पढिएको
  • सुनको मूल्य घट्यो, प्रतितोला कति ?

    बिर्तामाेड / नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय रुपैयाँ तोकिएको छ ।त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० रुपैयाँ थ

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 116 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य प्रतितोला कति छ ?

    काठमाडौँ  / नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार एक सय रुपैयाँ मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६५० कायम गरिएको छ । शुक्रबार तेजाबी सुन रु ८८ हजार ६५० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १७०  थियो ।&nb

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 134 पटक पढिएको
  • ८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै बुद्धभूमि नेपाल

    बिर्तामोड / बुद्धभूमि नेपाल हाइड्रोपावरले आठ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । बुद्धभूमि नेपालले आगामी असोज ११ गतेदेखि सर्वसाधारणका लगानीकर्ताहरूका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेको थियो । त्यस लगतै बुद्धभूमि नेपालले दोस्रो चरणका लागि सर्वसाधारणमा कुल आठ लाख कित्ता सेयर जारी गर्न लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् । कम्पनीले कुल ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका ल

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 96 पटक पढिएको
  • काज क्रियामा बसेकालाई माओवादीको आर्थिक सहयोग

    झापा // काज क्रियामा बसिरहेका एक परिवारलाई आर्थिक अवस्था कमजोर  भएको भन्दै नेकपा (माओवादी  केन्द्र)  वाइसिएल ले आर्थिक सहयोग गरेको छ।  झापाका सिताराम हेमरम  (सतार) को मृत्यु भएपछि आर्थिक अवस्था कम्जोर भएका परिवारलाई नेकपा (माओवादी  केन्द्र) वाइसिएल वडा कमिटी शिबसताक्षी-२ ले  संयुक्त रुपमा रु १२ हजार ६ सय २० सहयोग गरेको हो। मंगलबारे   बजारस्थित हेमरमको घरैमा पुगेर दिवंगत सितारामकी पत्नी मङ्गली र छोरा अर्जुन हेमरमलाई सो सहयोग रकम हस्तान्तरण गरिएको बताइएको छ। घरको मुख्य अभिभावकको  निधन भएपछि क्रियामा बसिरहेका एनका श्रीमती र छोरालाई खाना तथा घरायसी

    • प्रकाशित मितिः असोज २, २०७८
    • 105 पटक पढिएको
  • सुनको मूल्य तोलमा १४ सय रुपैयाँले घट्यो

    बिर्तामोड / आज (शुक्रबार) सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ रहेको छ ।आज तेजाबी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको जनाएको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः असोज १, २०७८
    • 138 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा