आर्थिक

    Showing 2,551-2,560 of 4,323 items.
  • निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा मात्रै निर्माण व्यवसायीलाई रू २२ अर्बभन्दा बढी अघिल्लो आवको दायित्व भुक्तानी भइसकेको बताएका छन् ।नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले सिर्जित दायित्व भुक्तानी नरोकेको स्पष्ट पार्दै सरकारको सदासयतालाई कमजोरी नठान्नसमेत निर्माण व्यवसायीहरूलाई आग्रह गरे ।‘भुक्तानी योग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुनअनुसार चल्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरूले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्य अभिव

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 305 पटक पढिएको
  • चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब

    काठमाडौँ । मुलुकको चालु खाता बचतमा रहेको छभने विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाहमा पनि उल्लेख्य सुधार भएको छ ।समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु दुई अर्ब ८७ करोड थियो । यसैगरी, गत मङ्सिर मसान्तसम्ममा रु छ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक (इक्विट

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 319 पटक पढिएको
  • नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

    काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ ।ग्राहकहरूका लागि थप गुणस्तरीय सेवाका लागि नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो ।उदघाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तलगायत नामीका ग्राहक, संचारकर्मी एवम शुभेच्छुकहरुको उपस्थिति थियो । सोही अवसरमा नामीले सीमित समयका अफरहरूसहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि घोषणा गरेको छ । नक्सालको

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 344 पटक पढिएको
  • आयल निगमप्रतिको आम बुझाई सकारात्मक छैन्ः मन्त्री भण्डारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेडप्रति आम बुझाइ नकारात्मक रहेको बताएका छन् ।शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए । उनले भने, ‘आज नेपाल आयल निगमप्रतिको आम बुझाइ के छ आममान्यता के छ ? मान्यता त्यति राम्रो देखिएको छैन् । यसले आजको अविभारा पूरा गर्ने दायित्व पुरा गर्ने अत्ति आवश्यक वस्तुको ढुवानी त्यसको व्यवस्थापन र व्यवसायिकतामा यसले सफलता पा

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 296 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 210 पटक पढिएको
  • सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर

    सिरहा । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए । ‘यहाँ मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हँुदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा उत्पादन हुने कृषि उत्पादन यो नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्यउपज भारत निकासी गर्न कठिनाइ हुँदै आएको छ’, उनले भने, ‘व्यवसायी र कृषकले समस्या भोग्नुपरेको छ, चोरी निकासी र पैठारी नियन्त्रण हुन सकिरहेको छैन ।’क्वार

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 216 पटक पढिएको
  • लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।ग्राहक पहिचान तथा सम्पुष्टिस

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 334 पटक पढिएको
  • नेप्से परिसूचक १८ अङ्कले घट्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ ।आज तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको, एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात स्थिर रहेका छन् ।

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 317 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।  बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार एक तोला सुन आज रु एक लाख ५३ हजार ३०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ । 

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 322 पटक पढिएको
  • काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

    ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारी दिए । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउँछन् । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 391 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.