आर्थिक

    Showing 2,501-2,510 of 3,699 items.
  • पैठारी संघद्धारा गाडीसहित चार वस्तुको आयात प्रतिबन्ध हटाउन माग

    झापा / नेपाल समुन्द्रपार निकासी पैठारी संघले सरकारलाई गाडी, मोटरसाइकल, मदिरा र स्मार्टफोन आयातमा लगाएको प्रतिबन्ध हटाउन माग गरको छ । संघले एक विज्ञप्ति जारी गर्दै आयात प्रतिबन्धका कारण व्यवसायीले नोक्सानी बेहोर्नु परेको र तस्करी बढेको भन्दै सरकारसँग यी चार बस्तुमा लगाएको प्रतिबन्ध हटाउन माग गरेको हो । बढी राजस्व संकलन हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको र अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको संघको भनाई छ । सरकारले मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १३ गत

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 145 पटक पढिएको
  • स्रोत नखुलेको १० लाख नगद सहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    काठमाडौं / काठमाडौं महानगरपालिका -९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँ सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिमलाई रहेका छन् ।बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍यान्ड ब्यागेज चेकिङ एरियाको एक्स- रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ । 

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 280 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    काठमाडौँ / शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँले कम हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार एक सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 171 पटक पढिएको
  • समिट लघुवित्त र नेशनल माइक्रोफाइनान्स मर्ज हुँदै

    काठमाडौँ / नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । दुई लघुवित्त संस्थाहरू बीच असोज २६ गते मर्जर सम्बन्धी सम्झौता भएको हो ।मर्जरपछि बन्ने संस्थाको नाम नेशनल समिट लघुवित्त वित्तीय संस्था रहने भएको छ । नयाँ संस्थाको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हालको नेशनल माइक्रोफाइनान्सको नै हुने जनाइएको छ ।मर्जरपछि एकीकृत लघुवित्तको पूँजी कोष २ अर्ब बढी हुनेछ । हाल नेशनलको चुक्ता पूँजी ५८ करोड ६६ लाख र जगेडा कोषमा ७४ करोड ९४ लाख सञ्चिति छ ।त्यस्तै, समिटको चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा २५ करोड ३३ लाख रुपै

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 107 पटक पढिएको
  • आज १ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं /  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।दसैँ बिदापछि पहिलोपटक आइतबार खुलेको सुनचाँदी बजारमा एकैपटक ३ हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । त्यसयता भने लगातार दुई दिन मूल्य घटेको छ । सोमबार सुनको मूल्य ८०० रुपैयाँले ओरालो लागेको थियो ।यसैगरी, चाँदीको मूल्य समेत आज प्रतितो

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 199 पटक पढिएको
  • दुई महिनामा अन्तर्राष्ट्रिय व्यापारमा १५ दशमलव ७० प्रतिशतले कमी (भिडियोसहित)

    झापा / चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन र भदौको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ थियो ।विभागका अनुसार भदौसम्म आयात र निर्यात दुवै घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कुल आयात १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ५९ करोड

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 278 पटक पढिएको
  • विश्वमै पहिलो पटक क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा ग्लोबल आइएमई बैंकलाई (भिडियाेसहित)

    झापा  / विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत ग्लोबल आइएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो ।बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वद्धन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको हो । यस परियोजनाले

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 130 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    झापा / आज (मंगलबार) पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार तीन सय थियो भने आज ९० हजार ९०० रुपैयाँ पुगेको थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँ छ ।

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 183 पटक पढिएको
  • नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिने

    झापा / नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिने भएको छ । एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार एयरलाइन्सले आज (सोमबार) देखि नै सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’ मार्फत टिकट बुकिङ सुरु गरेको हो ।उनले भनिन्, ‘नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 129 पटक पढिएको
  • ब्याजदर नियन्त्रण गर्न अर्थमन्त्री सक्रिय : समस्या समाधानका लागि १० सदस्य समिति गठन (भिडियाेसहित)

    झापा  / अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न अग्रसर भएका छन् । बैंकहरूले आफूखुसी ब्याजदर वृद्धि गरेपछि शर्मा नियन्त्रण गर्न कस्सिएका हुन् । बैंकले असोज महिनाका लागि १० प्रतिशत सम्मले ब्याजदर वृद्धि गरेसँगै त्यसको सर्वत्र विरोध भइरहेको छ । निजी क्षेत्रका व्यवसायीहरूले बैंकहरूको निर्णयको विरोध गर्दै अर्थमन्त्री शर्मालाई नियन्त्रण सच्याउनका लागि आग्रह गरिरहेका छन् ।अर्थमन्त्री शर्माले ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकलाई भनेपनि गर्भनर महाप्रसाद अधिकारीले त्यसलाई सकारात्मक रुपमा लिएका छैनन् । केन्द्रीय बैंकले ब्याज बढाएर मूल्य वृद्धि नियन्त्रण गर्न खोजेको दावी गरिरहेको

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 268 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.