आर्थिक

    Showing 2,481-2,490 of 3,699 items.
  • आज सुनको मूल्य स्थिर, चाँदीमा १० रुपैयाँको गिरावट

    काठमाडौँ /  आज सुनको मुल्यमा स्थिरता आएको छ । छापावाल सुन प्रति तोला ९५ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको छ । अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो । बिहीवार चाँदीको मूल्यमा भने १० रुपैयाँको गिरावट आएको छ । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको  छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 213 पटक पढिएको
  • खाद्यान्न आयातमा कमी

    काठमाडौँ / प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ९ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपियाँको ४६ करोड ४९ लाख छ हजार केजी खाद्यान्न आयात गरेको थियो । चालू आर्थिक व

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 161 पटक पढिएको
  • सुनको मूल्यमा चौध सय रुपैयाँले बढेर कारोबार हुँदै

    काठमाडौँ / सुनको मूल्य एकै दिन एक हजार चार सय रुपैयाँले बढेको छ । मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुप

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 260 पटक पढिएको
  • ११ सहकारीलाई कालोसूचीमा राख्ने तयारी

    झापा /  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ११ वटा सहकारीलाई कालोसूचीमा राख्ने भएको छ । समितिले तोकिएको सर्तअनुसार काम नगरी सहकारी मूल्य, मान्यताविपरीत गतिविधि गर्ने तथा निक्षेपकर्ताको रकमसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेका ११ सहकारी संस्थालाई कालोसूचीमा राख्ने भएको हो । तोकिएको सर्तअनुसार काम नगरेको तथा सहकारी मूल्य तथा मान्यताविपरीत गतिविधि गरी समस्याग्रस्त केही सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ। सहकारी संस्थाले सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सम्बन्धित सञ्च

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 303 पटक पढिएको
  • राष्ट्र बैङ्कको निर्देशनपछि बैङ्कले फिर्ता गर्न थाले ब्याज

    काठमाडौँ / नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम थप गरेको पाइएपछि त्यस्ता बैङ्कलाई थपिएको प्रिमियमबापतको रकम फिर्ता गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको हो । राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार हालसम्म ११ वाणिज्य बैङ्कलाई १ अर्ब ८५ करोड रुपियाँ फिर्ता गर्न निर्

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 142 पटक पढिएको
  • बीमा समिति आजदेखि बीमा प्राधिकरण

    काठमाडौँ / बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मङ्गलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मङ्गलवारबाट लागू हुँदै छ । मंगलबार नै समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदै छ ।ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्त

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 162 पटक पढिएको
  • प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ थियो । हिजो आइतबार तोलामा ५० रुपैयाँले बढेको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १२ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिए

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 100 पटक पढिएको
  • सडक अलपत्र पारेको भन्दै ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

    खोटाङ / दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकाले सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु–बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो । नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन् । दिक्तेलस्थित हस्पिटल चोकदेखि लफ्याङको दु

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 175 पटक पढिएको
  • कर छुट दिने निर्णय बदर गर्न गण्डकी सरकारलाई निर्देशन

    काठमाडौं / निर्वाचन आयोगले चुनावको मुखमा कर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दर परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ ।‘गण्डकी प्रदेश सरकारले २७ असोजको प्रदेश राजपत्र खण्ड –५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।त्यस्तै गण्डकी प्रदेश सरकारबाट करका दरहरूमा हेरफ

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 146 पटक पढिएको
  • राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक

    काठमाडौँ / आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो ।सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ । यो अवधिमा ३ खर्ब ९ अर्ब ३८ लाख ५६ हजार रुपियाँ खर्च भइसकेको छ ।आन्तरिक महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म गरेको कुल आम्दानी २ खर्ब ५४ अर्ब ७८ करोड ५२ लाख छ । यो भनेको खर्चको तुलनामा ५४ अर्ब ६० करोड ४ लाखले कम हो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 107 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.