आर्थिक

    Showing 2,451-2,460 of 4,322 items.
  • सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

    लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ । आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रे

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 277 पटक पढिएको
  • अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ भने घटेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी ड

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 311 पटक पढिएको
  • चिया बेचेरै मासिक ५० हजार आम्दानी

    बेलबारी (मोरङ) । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया  बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन् ।चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा रू ५० हजार आम्दानी हुन्छ । पच्चीस वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रत

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 247 पटक पढिएको
  • रेलमार्ग निर्माणको काम रोकियो

    जलेश्वर (महोत्तरी) । स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् ।जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका १४ घरपरिवारले सीमाङ्कन गरी विवाद समाधान गरेर मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए । तर, विभागले मनोमानी गरेका कारण आफूहरूले विरोध गर्दै कामकाज ठप्प पारेको स्थानीय मालती खनालले

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 260 पटक पढिएको
  • स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू

    काठमाडौँ । राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोगले १६औँ विकास योजनाको कार्यान्वयन योजना तयार गर्दै उक्त प्रणाली लागू गरेको जनाएको छ । उक्त प्रणालीले समानता र वित्तीय सङ्घीयतामा मुख्य प्रभाव पार्ने आयोगको भनाइ छ ।आयोगका अनुसार उक्त प्रणालीमा पालिका र प्रदेशको राजस्व क्षमताको स्तर समृद्धि, भौतिक पूर्वाधारका आधारमा श्रेणीकरण गरिएको छ । ‘स्रोत वितरण गर्दा यो श्रेणीकरणलाई आधार मानिनेछ । जसले गर्दा तुलनात्मक रुपमा स्रोतमा कमजोर पालिकाहरुले केन्द्र सरकारबाट समपुरक अनुदान तुलनात्मक रुपमा बढी पाउने

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 221 पटक पढिएको
  • दोधाराचाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान

    दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निमार्णका लागि भारतले बोलपत्र आह्वान गरेको छ ।बन्दरगाह निर्माण स्थलमा भएका रुख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि भारतीय पक्षले बोलपत्र आह्वान गरेको हो । बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा भारतीय पक्षले बोलपत्र आह्वान गरेको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह निमार्णका लागि भारतीय पक्षले बोलपत्र खोलेको जानकारी दिँदै छिट्टै बन्दरगाह निमार्

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 264 पटक पढिएको
  • नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घट्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव १० अङ्कले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ मा कायम भएको छ ।आज तीन सय १८ कम्पनीको एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर ८४ हजार सात पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ को कारोबार भएको हो । आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४९ को घटेको  छभने आठ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।&

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 200 पटक पढिएको
  • आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा हुन्छः मन्त्री भण्डारी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने बताएका छन् । बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरुको छलफलमा उनले आन्तरिक रोजगार सिर्जना गर्दै स्वरोजगारको निर्भरतालाई घटाउदैँ लानको लागि श्रम रोजगार सम्मेलन गर्न लागेको बताए । उनले भने, ‘आगामी फागुनमा श्रम रोजगार सम्मेलन गर्दैछौ । त्यो सम्मेलनमा वर्तमान सरकारले एउटा नीति दिएको छ । त्यही आधारमा आगामी दशकलाई आन्तरिक रोजगार प्रवद

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 259 पटक पढिएको
  • महानगर यातायातले सञ्चालनमा ल्यायो टाटाका थप ४० वटा बस

    काठमाडौं । महानगर यातायात प्रालिले टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विहीबारदेखि टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्षसन्तोष खतिवडाले जानकारी दिएका हुन् । उनका अनुसार नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । उनले भने,‘हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि सचालनमा ल्याउँदैछ । नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठज्यूको हातबाट ती बसहरुको चावी लिदै गर्दा

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 292 पटक पढिएको
  • बिर्तामोड महोत्सवः ग्रामीण उत्पादनप्रति बढ्यो आकर्षण

    झापा ।  विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा कर्णालीको जुम्लादेखि कोशीको ताप्लेजुङसम्मका परम्परागत रुपमा उत्पादित बस्तुप्रति अवलोकनकर्ताको आकर्षण बढेको छ । कर्णाली प्रदेशको जुम्लाकी गंगादेवी राउतले माघ ८ देखि १९ गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा जिम्मु, दाँते ओखर, पिठो, जडिबुटीको चिया लगायतका हिमाली कृषि उत्पादनहरु विक्रीका लागि राखेको बताइन् । उनको विक्री कक्षमा कोदो, फापर, मकै, जौ र गहुँको पिठोदेखि मार्सी चामल समेत राखिएका छन् । ‘झापामा धेरै माग हुने भएकाले आफ्नै गाउँको खेतबारीमा फलेका चीजबीज बेच्न ल्याएकी छु,’ राउतले भनिन्–‘पिठो, गेडागुडी र मार्सी चामल चाहिँ छिटै बिक्यो

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 292 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.