आर्थिक

    Showing 2,241-2,250 of 4,321 items.
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४  पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ४१ पैसा र बिक्रीदर १८१ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 339 पटक पढिएको
  • लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि

    काठमाडौँ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लगानी समूह एक दशमलव ७६ र अन्य समूह एक दशमलव ५७ प

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 299 पटक पढिएको
  • बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रू

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 373 पटक पढिएको
  • नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । आज नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ ।आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।आज विकास बैङ्क समूह एक दशमलव ९३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ५७, होटल तथा पर्यटन एक दशमलव १३, जलविद्युत् एक दशमलव ५१, लगानी एक द

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 291 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ९०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 291 पटक पढिएको
  • खुल्यो ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ भर्ने होइन त ?

    काठमाडौं— औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ ।चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो ।कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुन लागेको हो ।सोमध्ये १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 362 पटक पढिएको
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९, स्वीस फ्र्याङ्क एकको खरिददर १५९ रूपैयाँ र बिक्रीदर १५९ रूपैयाँ ६८ पैसा कायम

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 275 पटक पढिएको
  • वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

    काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 363 पटक पढिएको
  • गैरसरकारी संस्थालाई बाह्य अनुदानमा भर नपरी प्रधानमन्त्रीको आग्रह

     काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको  बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् ।गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरे। राजतन्त्र पक्षधरको आइतबारको कार्यक

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 609 पटक पढिएको
  • सुनको मूल्य बढ्दा चाँदी स्थिर

    काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 332 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.