आर्थिक

    Showing 2,041-2,050 of 3,272 items.
  • कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न सकेन

    काठमाडौं / सङ्कलित कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) सम्मको विवरणअनुसार चालू खर्चका लागि मात्रै पनि राजस्व पर्याप्त नभएको पाइएको हो । कार्यालयको तथ्याङ्कअनुसार सो कात्तिकसम्म सरकारले दुई खर्ब ६८ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ जुन चालू आर्थिक वर्षका लागि तोकिएको लक्ष्यको तुलनामा १९.११ प्रतिशत मात्र हो।जब कि कात्तिकसम्म सरकारको चालू खर्च दुई खर्ब ८१ अर्ब रुपियाँ नाघेको छ । यस हिसाबले चालू खर्चकै लागि १३ अर्ब रुपियाँ राजस्व अपुग देखिएको हो । कात्तिकसम्म सङ्कलित राजस्वमध्ये दु

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 104 पटक पढिएको
  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९५ पैसा छ ।युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ ले घटेर खरिद ८७ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा कायम भएको छ । १ रुपैयाँले घटेर क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसा कायम छ । सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । यसैगरी

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 103 पटक पढिएको
  • आज दोहोरो अङ्कले बढ्यो नेप्से, ८५ करोड बढीको कारोबार

    झापा / सेयर बजारमा आज उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । १८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा वृद्धि भएको, ३८ कम्पनीको सेयर ओरालो लागेको र सातवटा कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । आज २४ लाख ९५ हजार ६१२ सेयर कित्ता किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार बढीको कारोबार भएको हो । यसैगरी, आज डिणी पावर कम्पनीको ६ करोड ३

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 112 पटक पढिएको
  • फेरी प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

    काठमाडौँ / आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला ३० ले बढेर एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ ।  

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 98 पटक पढिएको
  • क्रसर उद्योगमा महानगरको एक्सन, नवीकरण नगरी सञ्चालन गरेका  उद्योग बन्द गर्न निर्देशन

    चितवन / भरतपुर महानगरपालिकाले नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार स्थलगत अनुगमनमा गएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी नेतृत्वको टोलीले भरतपुर महानगरपालिका –२९ भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।उपप्रमुख अधिकारीका अनुसार क्रसर उद्योग नवीकरण नगरी सञ्चालन गरेका कारण बन्द गर्न निर्देशन दिइएको हो । उनले महानगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि इआइए गरेर बोलपत्रमार्फत प्रक्रिया अघि बढाउने तयारीमा रहेको जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 99 पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    झापा  / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.३८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८६ रुपैयाँ रहेको छ ।साउदी रियाल एकको खरिद दर ३४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.४७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८७ रुपैया

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 94 पटक पढिएको
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ / लगातार बढेको सुनको मूल्यमा आज सामान्य  गिरावट आएको छ । आज सुन हिजोको भन्दा तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको  मूल्य तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ थियो ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 87 पटक पढिएको
  • खानेतेलको मूल्यमा वृद्धि

     काठमाडौँ / रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैं तिहार शुरु भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैँको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ ।त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्‌लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ । केही समय तेलको म

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 126 पटक पढिएको
  • आज दोहोरो अङ्कले घट्यो सेयर बजार

    झापा  / साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतबार १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको हो । होटल समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । आज दुई सय २५ वटा कम्पनीको २० लाख २८ हजार कित्ता सेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भयो ।आज नबिल ब्यालेन्स फन्ड–२ र निर्धन उत्थान लघुवित्तको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको सेयर झण्डै सा

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 138 पटक पढिएको
  • नेप्सेको पुरानो वेबसाइट बन्द, आजबाट नयाँ वेबसाइट मात्र चल्ने

    झापा / नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ। नेप्सेले सूचना जारी गर्दै पुरानो वेबसाइट बन्द गरी हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आज (आइतबार) देखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । अब उप्रान्त पुरानो वेबसाइटमा कुनै पनि तथ्यांक अद्यावधिक नहुने पनि नेप्सेले अवगत गराएको छ। यसअघि गत कात्तिक ६ गते पनि नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको थियो। योसँगै सूचीकृत कम्पनीहरूलाई नट्सको लगइन तथा युजर आईडी अनिवार्य रुपमा लिन पनि पनि नेप्सेले आह्वान गरेको थियो। यसअघि

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 98 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा