आर्थिक

    Showing 2,041-2,050 of 4,321 items.
  • दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

    रसुवा— दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौंतर्फ प्रस्थान गरिसकेको छ ।चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 316 पटक पढिएको
  • तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो ।राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मक

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 351 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं— सुनचाँदीको मूल्य फेरि बढेको छ । बुधबार सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 323 पटक पढिएको
  • दोहोरो अंकको सुधार भयो नेप्से परिसूचकमा

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक २५ दशमलव ०७ अंकले बढेर दुई हजार ६७८ दशमलव १७ को विन्दुमा कायम भएको हो ।३११ कम्पनीको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७३८ पटक खरिदबिक्री हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।मंगलबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १२ प्रतिशतले बढेको हो । बैंकिङ शून्य दशमलव ९३, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव २८, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ६८ र  जीवन बीमा एक दशमलव

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 377 पटक पढिएको
  • ऋण उपलब्ध गराइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल बैंकका पूर्व अध्यक्षसहित ५ जनामाथि मुद्दा दायर

    काठमाडौं— ऋण उपलब्ध गराइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छनेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको परियोजनाले एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाबराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रकम लिएको पाइएको आयोगले जनाएको छ ।ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्य

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 289 पटक पढिएको
  • घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँ कायम भएको छ।  यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ।

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 366 पटक पढिएको
  • बजेटले सर्वोच्च अदालतको अघिल्लो निर्णयको उल्लंघन गरेको भन्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुँदै, के होला निर्णय ?

    काठमाडौं— आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सर्वोच्च अदालतको अघिल्लो निर्णयको उल्लंघन गरेको भन्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।त्रिपाठीको रिट अनुसार, बजेटको बुँदा नम्बर ८७ मा खानीजन्य र नदीजन्य वस्तुको व्यावसायिक उत्पादन तथा निर्यातमा निजी क्षेत्रलाई सहभागी गराउने प्रावधान अदालतको अघिल्लो आदेशको उलङ्घन हो। उनले अवहेलनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। संविधान अनुसार, अदालतलाई अन्तिम व्याख्याता मा

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 275 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ए

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 329 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं— साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबारको तुलनामा सुनको मूल्य आज १ सय रुपैयाँले घटेको हो।चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। आइतबार प्रतितोला २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार १ सय ५० रुपैयाँमा पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस ३३११ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 350 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

     काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम गरेको छ।युरोपियन युरो एकको खरिदर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा कायम गरिएको छ।अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २८

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 218 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.