म्याग्दी (रासस)/ जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेको अस्वाभाविक र शङ्कास्पद खर्चमा पारदर्शीताको प्रश्न उठाउँदै सरोकारवालाले छानबिनको माग गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण र खोप अभियानका विषयमा जानकारी लिन शुक्रबार बेनी आएको गण्डकी प्रदेशसभाअन्तर्गतको अनुगमन समितिसँग जिल्लाका सरोकारवालाले प्रशासनले गरेको खर्चका बारेमा छानबिन गर्न माग गरेका हुन् । बजेट नै नभएको भन्दै प्रदेशले पठाएको बजेट लुकाउन खोजेको प्रशासनले सार्वजनिक कार्यक्रममै पटक–पटक प्रश्न उठेपछि ‘गोलमटोल’ शैलीमा २०७६ चैतदेखि २०७६ असार मसान्तसम्म १९
बिर्तामोड / निजी क्षेत्रका दुई ठुला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिममा पुगेको छ । दुबै बैंकका संचालक समितिमा कुरा मिलेमछी मर्जरको समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।दुई बैंकको आन्तरीक हिसाब–किताब मिलाउने काम सकिएको र समझदारी पत्रमा चाँडै हस्ताक्षर हुने हिमालयन बैंकका एक उच्च अधिकारीले जानकारी गराएका छन् । दुई बैंकविचको मर्जरमा सेयर अनुपात १ बराबर १ नै हुने गरी कुरा मिलीसकेको ति अधिकारीले जानकारी गराएका छन् ।हिमालयन बैंकका ति अधिकारीले भने – ‘डिडिए रिपोर्ट आइसकेका छन्, बोर्ड र व्यवस्थापनको संरचनाबारे पनि करिब सहमति भएको छ, अबको केही दिनभित्रमा नै समझदा
बिर्तामोड/ विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए ।उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिर
बिर्तामोड / निजि क्षेत्रको एनएमबी बैंक राजश्व छलीमा संलग्न रहेको खुलासा भएको छ । काठमाण्डौको बबरमहलमा रहेको केन्द्रिय कार्यालय सहित देशभर प्रमुख शहरमा शाखा कार्यालय रहेको वैंकबाट नै राजश्व छली भएको भेटिएपछि राजश्व अनुशन्धान कार्यालयले छानविन गरी कारवाही थालेको छ ।विभाग मातहतको ठुलाकर दाता कार्यालयले वैंककै प्रमुख अधिकारीबाट कर छली भएको भेटेपछि कर छलीका विषयमा वैंकका प्रमुख कार्यकारी अधिकृत विरुद्द सर्वोच्च अदालतमा मुद्दा नै दायर भएको पाईएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वैंकमा कार्यरत अधिकारी र कर्मचारीका लागि खरिद गरेको सवारीसाधनमा ‘ह्रास खर्च’ भन्दै राजश्व छली गर
झापा / तीन दशकअघिसम्म चामलसँग सम्बन्धित २६ ठूला ‘राइस मिल’ सञ्चालनमा थिए । यसअघि ती मिलबाट उत्पादित चामल भारत निर्यात हुने गरे पनि हाल पाँच राइस मिल धरमराउँदै चलिरहेका छन् । विडम्बना, भारतबाट चामल आयात हुँदै आएको छ । सरकारले धान चामल उद्योगमा संरक्षणकारी नीति बनाउन नसक्दा मुलुकको चामल उद्योग धरासायी भएको भद्रपुरका पुराना उद्योगी यामबहादुर श्रेष्ठको धारणा छ । “म विसं २०३२ देखि चामल उद्योग चलाउँदै आएको व्यक्ति हुँ, सरकारले कहिले पनि सहुलियत ऋण दिने र बजार सुनिश्चित गर्ने नीति ल्याएन”, झापा उद्योग सङ्घको अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, “नाममा मात्र नेपाल कृषिप्रधान रह्यो, कृषक र कृषिमा आधा
काठमाडौँ / ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजा
बिर्तामोड / सम्राट सिमेन्ट उद्योगले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह र ईजाजत नै नलिई बजारमा सिमेन्ट बजारमा विक्री वितरण गर्दै आएको सार्वजनिक भएको छ ।विभागले बजारमा अनुमित विना नै बिक्री वितरण थालेको अनुगमनका क्रममा फेला पारेपछि सो उध्योग माथि कारवाही थालेको हो । दाङको सतबरियामा रहेको सो उद्योगले अुनमित नै नलिई कम गुणस्तरको सिमेन्ट देशभर नै विक्री वितरण गर्दै आएको छ ।सो उध्योगले विभागवाट नेपाल गुणस्तर प्रमाण चिन्ह नै नपाएको भएपनि चिन्ह राखेर बिक्रि गरेकोले कारबाही गरेको विभागले जनाएको छ ।
काठमाडौँ/ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम शुरु गरेको छ ।नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि चिडियाखानामा अवलोकनकर्ताको आवतजावत नौ महिना (मार्चदेखि डिसेम्बर) सम्म पूर्ण रुपमा बन्द गरिएको थियो । हालसम्म पनि पहिलेको तुलनामा अवलोकनकर्ताको सङ्ख्या न्यून रहेको चिडिय
बिर्तामोड/ स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा ८५ हजार ६०० रुपिैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ८६ हजार २०० रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ६५ हजार १ सय ५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले उकालो लागेको छ । एक हजार २ सय ५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २ सय ७० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
म्याग्दी / म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन् ।रघुगङ्गा–६ मा पर्ने ठाडाखानी गाउँको सिरानमा पर्ने रुमले भिर, धौलागिरि–५ मल्कबाङको मल्काबाङे भिर र मालिका गाउँपालिकाको ओखरबोटका साथै बेनी–३ को चिनाखेत भिरमा रहेका तामाखानी प्रयोगविहीन हुँदा स्थानीय सरकारले करोडौँ राजस्व गुमाउनुपरेको छ । यहाँका विशाल तामाखानी वर्षौँदेखि अलपत्र अवस्थामा छन
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.