काठमाडौं - राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ ।कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदकालागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ । त्यसैगरी त्रिपुरेश्वरस्थित राप्ती हाईड्रो पावरको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल ध
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षकै हाराहारीमा आगामी बर्ष (२०८२÷०८३)को बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ । आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताए । संघीय सरकारबाट आउने विभिन्न अनुदानमा ६४ करोड घटेर आएपछि बजेटको आकार खासै बढाउन नसकिने मन्त्री शाहको भनाई छ । नसक्ने बजेट निर्माणको सम्पूर्ण काम सकिएको उनले बताए । ‘बजेट निर्माणको अन्तिम चरणमा छौ, ठ्याक्कै बजेटको आकार कस्तो हुन्छ आज थाहा भैहाल्छ नि’ मन्त्री शाहले भने, ‘कर्णाली सरका
काठमाडौं - ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ ।कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो ।कम्पनीले आज बिहान साढे ९ बजे गौशालास्थित क्रिस्टल पशुपतीमा आईपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो ।आवेदनमध्ये रितपूर्वक प्राप्त भएको २० लाख ५९ हजार ३८८ जना आवेदकहरुबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको हुदाँ कम
काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाण्डौ । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२ / ८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् ।प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ । प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसंगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा प्रदेशका लागि वित्तीय समानीकरण अनुदानका ६० अर्ब ६६ करोड रुपैँया विनियोजन गरेको छ ।त्यसैगरी सशर्त अनुदान ३० अर्ब ३५ करोड, समपूरक अनुद
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर १०१ र
काठमाडौँ — गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षका लागि नेपाल प्रहरीको बजेटमा उल्लेखनीय वृद्धि गरिएको बताएका छन्।काठमाडौंमा आयोजित अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले प्रहरी संस्थाको आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर रहेको स्पष्ट पारे।उनका अनुसार, चालू वर्षहरूमा देखिँदै आएको तलब, पोसाक र रासनसम्बन्धी बजेट अभावको समस्या अब दोहोरिने छैन। विगतमा ८ देखि ९ महिनासम्म मात्र बजेट व्यवस्थापन भई बाँकी महिनामा गृह तथा अर्थ मन्त्रालयबीच जटिलता देखिने गरेको भए पनि यस पटक वर्षभरिका लागि एकमुष्ट बजेट विनियोजन गरिएको छ।गृहमन्त्
काठमाडौं— शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.