बाँके— बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा दुई लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। लामो समयदेखि प्रयोग हुँदै आएको पुरानो पुल जीर्ण र साँघुरो भएपछि यात्रु तथा सवारी साधनलाई समस्या हुँदै आएपछि नयाँ पुल निर्माण सुरु गरिएको हो।

करिब एक अर्ब १९ करोड रुपैयाँको लागतमा निर्माणाधीन यस पुलको लम्बाइ करिब ७०० मिटर रहेको छ। पुल निर्माणपछि बाँके जिल्लाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लासम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।