आर्थिक

    Showing 1,111-1,120 of 4,297 items.
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— सुनचाँदीको मूल्य बढेको छ । केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आए पनि आज बढेको हो ।आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० र चाँदीको मूल्य चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र चाँदीको मूल्य चार हजार ४१५ कायम भएको थियो ।

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 552 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०५ रुपैयाँ १० पैसा,

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 319 पटक पढिएको
  • नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको हो ।बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले ओरालो लागेको छ ।परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमार्फत ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार क

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 522 पटक पढिएको
  • धवलागिरी अस्पताल भवन तीन पटक म्याद थप्दा पनि ६० प्रतिशत मात्र सम्पन्न

    म्याग्दी— म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको काम ढिलाइ भइरहेको छ। तीन पटक म्याद थपिसक्दा पनि हालसम्म भवनको भौतिक प्रगति ६० प्रतिशतमात्र सम्पन्न भएको छ।विसं २०७८ मा चार करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पाँच श्यया क्षमताको अस्पताल भवन २०७९ असारमै सम्पन्न हुनुपर्ने थियो। तर गत साउनदेखि निर्माण कार्य रोकिएको छ।मुख्य भवनको ढलान सकिए पनि फिनिसिङको काम सुरु हुन सकेको छैन। स्थानीय जनप्रतिनिधिले ठेकेदारलाई ताकेता गरिएको र आवश्यक परे धरौटी जफत तथा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने बताएका छन्।निर्माण कम्पनीले बजेट उपलब्ध भए चालु आर्थिक वर्षमै काम

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 509 पटक पढिएको
  • अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन धनुषामा पर्यटकको घुँइचो

    धनुषा— अङ्ग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषा जिल्लामा पर्यटकहरूको उल्लेख्य चहलपहल देखिएको छ। विशेषगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायत विभिन्न क्षेत्रबाट हजारौँ भारतीय पर्यटकहरू जनकपुरधाम घुम्न आएका छन्।नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम तथा अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा पर्यटकको घुँइचो लागेको छ। धार्मिक आस्थासँगै सांस्कृतिक पर्यटनका लागि जनकपुरधाम भारतीय पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ।पर्यटकहरूको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापार व्यवसायमा सकारात्मक प्रभाव परेको छ। सुरक्षा व्यवस्थालाई ध्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 521 पटक पढिएको
  • नेपाल प्रहरीमा १० एसएसपी बढुवाको तयारी, १७ अधिकृतबीच कडा प्रतिस्पर्धा

    काठमाडौं— नेपाल प्रहरीमा एकैपटक १० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयले ३ एसएसपीको दरबन्दी थप गर्न स्वीकृति दिएसँगै बढुवा प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। केही दिनभित्रै मन्त्रिपरिषद् बैठकबाट उक्त दरबन्दी स्वीकृत हुने तयारी छ। हाल नेपाल प्रहरीमा ७ एसएसपी पद रिक्त छन्। ती रिक्त पदसँगै थपिने ३ दरबन्दी जोडिँदा कुल संख्या १० पुगेको हो। यी पदका लागि हाल १७ जना वरिष्ठ अधिकृतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। बढुवाको दौडमा को–को ? बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी रहेका छन्।शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 484 पटक पढिएको
  • बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन

    काठमाडौं— थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ ।दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो ।संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पु¥याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ ।त्यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हु

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 509 पटक पढिएको
  • बिहीबार सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज १ हजार ४ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 486 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु चार हजार ४७० मा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 387 पटक पढिएको
  • निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष २०२५

    काठमाडौं— कोभिड–१९ को महामारीपछि सुस्ताएको अर्थतन्त्रले भर्खर भर्खर लय समात्न थालेको बेला सन् २०२५ मा राजनीतिक अस्थिरतका कारणले लगानीको वातावरण नभएको भन्दै निजी क्षेत्रको मनोबल खस्केको सरोकारवालाहरुले बताउँदै आएका छन् ।जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक तथा आर्थिक वातावरण थप संवेदनशील बनेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।उनका अनुसार यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उठाउन सरकारको भूमिका निर्णायक हुने गर्दछ । त्यसकारण सरकारले यस विषयमा सोच्नुपर्ने उनले बताए । निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनसम्बन्धी विषय मन्त्रीपरिषद्बाट का

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 541 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.