काठमाडौं— सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
जारी शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित दर) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ ।




































