आर्थिक

    Showing १,०२१-१,०३० of ४,५१९ items.
  • जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

    हेटौँडा— बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रदेशका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मत सम्भार कार्यको स्थलगत अनुगमन गरेका छन्।मंगलबार मन्त्री डा. देवकोटासहितको टोलीले हेटौँडास्थित ४ वटा मन्त्रालय रहेको पाँच तले भवन, बागमती प्रदेशका प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त भवनको निरीक्षण गरेको हो । अनुगमन टोलीमा मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र सहरी विकास तथा भवन निर्माण महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवसमेत सहभागी थिए ।निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री डा। देवकोटाले आन्दोलनबाट क्षति पुगे

    • प्रकाशित मितिः चैत ५, २०८२
    • ४८८ पटक पढिएको
  • आज सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ५, २०८२
    • ५२२ पटक पढिएको
  • बाजुराको स्वामिकार्तिकमा कृषि जैविक विविधता मेला, रैथाने बालीनालीको उत्पादनमा जोड

    बाजुरा— बाजुराको कर्णाली पारीको एक मात्र स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिकामा कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको छ । सोही पालिकाको ४ देउरामा बुधबार कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको हो ।‘कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२’ स्थानीय बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै सम्पन्न भएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।गाउँपालिकाको आयोजना तथा परियोजनाको सह–आयोजनामा सञ्चालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रमले अग्रानीक बस्तुहरूको उत्पादन,प्रशोधन र बजारीकरणमा सहज पुर्याउने भएको छ । उक्त कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्न

    • प्रकाशित मितिः चैत ५, २०८२
    • ५४६ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा, सिङ्

    • प्रकाशित मितिः चैत ५, २०८२
    • ३५९ पटक पढिएको
  • सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश

    काठमाडौं— सुदन गुरुङले प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगसमक्ष बुझाएका छन्। प्रस्तुत विवरण अनुसार उनले कुल २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।उक्त विवरणमा प्रचार-प्रसारसम्बन्धी शीर्षकमा सबैभन्दा ठुलो रकम व्यय भएको देखिएको छ। सो शीर्षकअन्तर्गत मात्रै ५ लाख ५२ हजार ५७५ रुपैयाँ खर्च भएको जनाइएको छ।गोरखा-१ निर्वाचन क्षेत्रमा भएको प्रतिस्पर्धामा उनले प्रेम खत्रीलाई पराजित गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेका थिए।निर्वाचनपश्चात् उनले सांसदका रूपमा प्राप्त हुने पारिश्रमिक तथा सुविधा नलिने सार्वजनिक घोषणा पनि गरेका छन्।

    • प्रकाशित मितिः चैत ४, २०८२
    • ५९१ पटक पढिएको
  • अर्थमन्त्री भन्छन सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे ।उनले भने, ‘नेपाल सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकहरूमध्ये चारवटा बैंक कहाँ बिलाए भन्ने थाहा छैन । एउटा बैंक विभिन्न निकायसँग गाभिएर अहिले कमजोर अवस्थामा सञ्चालन भइरहेको छ ।’खनालले नेपालको इतिहासमा सरकारी स्वामित्वका वित्तीय संस्थाहरूलाई ३५ वर्ष नपुग्दै सरकारद्वारा उद्धार गर्नुपर्ने अवस्था आएको पनि औंल्याए । उनले

    • प्रकाशित मितिः चैत ४, २०८२
    • ४९१ पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं— नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ ।हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो 

    • प्रकाशित मितिः चैत ४, २०८२
    • ४५७ पटक पढिएको
  • नेप्से १३.५१ अंकले बढ्यो, १२ अर्बको कारोबार

    काठमाडौं— सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.०७ अंकले घटेको थियो ।मंगलबार नेसेमा कुल १२ अर्ब ३ करोड माथिको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ११ अर्ब ६३ करोड माथिको कारोबार भएको थियो ।मंगलबार कारोबारमा आएकामध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ । यस्तै, १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ५५३ पटक पढिएको
  • सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ४५३ पटक पढिएको
  • ३ कम्पनी मर्ज भएर बनेको महाशक्तिले ६ महिनामा बेच्यो ४६ करोड रुपैयाँको सिमेन्ट

    काठमाडौं— महाशक्ति सिमेन्टले ६ महिनामा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब आधा अर्ब रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ९४ करो १० लाख रुपैयाँ र सन् २०२३ मा ९६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार पछिल्लो दुई वर्षमा १४.२२ प्रतिशतले बढेको छ । कम्पनीको नाफा मार्जिन गत आवमा ३० प्रतिशत छ । कम्पनीको गत आवमा ११ करोड २० लाख रुपैयाँ कुल सञ्चय नगद रहेको जनाएको छ ।सन् २०२३ मा दर्ता भएको कम्पनी ३ वटा कम्पनी मर्ज भएको संस्था हो । महाशक्ति सिमेन्ट, गरिमा सिमेन्ट र एम जयपी स

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ५१४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.