काठमाडौं— नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ ।

हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो