काठमाडौं। बैंकिङ प्रणालीमा तरलता बढिरहेका बेला नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। एक वर्षे ऋणपत्रमार्फत हुने यो प्रक्रिया आजै बोलकबोलबाट सम्पन्न हुँदैछ।
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्दै अतिरिक्त तरलता व्यवस्थापनको कदम चालेको छ।
अनलाइन बोलकबोलमार्फत हुने यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट तय हुनेछ भने ऋणपत्रको अवधि एक वर्षको हुनेछ।
राष्ट्र बैंकले पर्याप्त रकम बिना बोलकबोल गर्ने संस्थालाई जरिवानासहित ६ महिनासम्म प्रतिबन्ध लगाउने व्यवस्था पनि गरेको छ।
राष्ट्र बैंकको यो कदमले बजारको तरलता व्यवस्थापनसँगै अन्तरबैंक ब्याजदरमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ। अब बोलकबोलबाट तय हुने ब्याजदरलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरिरहेको छ।






































