काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।

उनले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

चापागाईंले व्यक्तिगत कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनी २०८१ साल चैत १९ गते नेप्सेको सिईओमा नियुक्त भएका थिए।

उनको राजीनामापछि नेप्सेको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा अब सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ।