पर्वत । पर्वतको कुस्मा नगरपालिका ४ चिलाउने चौतारा निवासी पवित्रा जिसीको उपचारार्थ पर्वत समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ । गत वैशाख २९ गते अर्घाखाँचीको सुपादेउराली दर्शन गरेर फर्कने क्रममा भएको गाडी दुद्र्दटनामा परि गम्भिर घाईते जिसीलाई पर्वत समाज अमेरिकामा आवद्ध व्याक्तिहरुले रु १ लाख ५ हजार ७ सय ८४ सहयोग गरेका हुन्। युवा समाजसेवी सन्जिभ पौडेलका अनुसार सो रकम समाजमा आवद्ध व्याक्तिहरुले उठाएर सुनिता जिसिलाई पठाईएको हो । सो दुर्घटनामा परी उनका श्रीमान रमेश जिसीको मृत्यु भयो । उपचाररत जिसी अस्पतालको शैयामा अचेत अवस्थामा रहेकी छन् । आँखा खुलेपनि मान्छे चिन्न नसक्ने अवस्थामा रहेकी जिसीलाई आर्थिक अभावले उपचारमा समस्या परेको छ । सहयोगी मनहरुप्रति सक्दो सहयोग गरी जीवनरक्षा गरिदिन आफन्तले आग्रह गरेका छन् । उपचार खर्च जुटाउन नसक्दा परिवार पीडा माथि पीडा खपेर बस्न वाध्य भएका छन् । सहयोग गर्न चाहने मानुभावले उनका आफन्त सुनिता जिसिको ग्लोवल आइएमई बैंकको खाता नम्बर ०६६०७०१००९९२७१ मा गर्न परिवारले आग्रह गरेको छ ।





































