काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ रहेको थियो। यद्यपि, पछिल्लो एक साताको अवधिमा भने सुनको मूल्य समग्रमा घटेको देखिन्छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।





































