काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।
आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एक तोला चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।
बिहीबार एक तोला सुन २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।





































