काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।