काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ३३० रुपैयाँले घटेको छ । आज चाँदी मूल्य तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भएको थियो ।