काठमाडौं— साताको सुरुवातसँगै स्थानीय बजारमा सुन-चाँदीको मूल्य उकालो लागेको छ। सोमवार सुनको मूल्य एकैदिन तोलामा १,३०० रुपैयाँले बढेको छ ।
छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख ५०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार भने यही सुन २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।






































