काठमाडौं— नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।






































