काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोवार भएको थियो ।






































