काठमाडौं— साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्सेमा ५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.३६ अंकले बढ्दै २ हजार ८३८.४० अंकमा उक्लिएको हो ।
यस दिन १० अर्ब ५३ करोड ७० लाख रुपैयाँबराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज होटल तथा पर्यटन समूह, हाइड्रोपावर, म्यानु एन्ड प्रो, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ समूह, विकास बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, जीवन बीमा, निर्जीवन बीमासहित माइक्रोफाइनान्स र म्युचुअल फन्ड आज ऋणात्मक भएका छन् ।
१०८ कम्पनीको शेयरमूल्य बढ्दा आज १५० वटा कम्पनीको मूल्य घट्न पुगेको छ । आज ४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।






































