काठमाडौं— पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपी बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओको बाँडफाँट भएको हो ।

कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । सो आईपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।