काठमाडौं— नेपाली बजारमा बधबार सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ ।
आज छापावाला सुनको मूल्य ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको । मंगलबार सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य २७५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।





































