युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल

258 Shares
alt

काठमाडौं – युवालाई स्वरोजगार र स्थायी आम्दानीको अवसर सिर्जना गर्ने लक्ष्यसहित आरवाईडी नेपालले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ ।

कम्पनीले सवारी साधन सेवामा संलग्न राइडरहरूको आय बढाउने र सुरक्षित सेवा सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंको कपन क्षेत्रमा अत्याधुनिक वर्कसप सञ्चालन गर्ने तयारी गरेको समेत जनाएको छ ।

कम्पनीका अध्यक्ष अभिषेक खत्तिवडाका अनुसार, राइडरलाई कमाइमा केन्द्रित बनाउने लक्ष्यसहित कम्पनीले पूर्वाधार विस्तार, सेवा सुधार तथा सहयोग कार्यक्रमहरू अघि बढाइरहेको छ । उनले आगामी दिनमा राइडर मात्र नभई अन्य ग्राहकलाई समेत लक्षित गरी सेवा विस्तार गरिने बताए ।

सुरुवातमा ५० वटा बाइकबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्ना सवारी साधन १ सय पु¥याएको छ । नयाँ वर्कसप सञ्चालनपछि नियमित मर्मत–सम्भार सहज हुने, बाइकको सुरक्षा तथा कार्यक्षमता सुधार हुने कम्पनीको अपेक्षा छ ।

आरवाईडी नेपालले नयाँ बाइक भाडामा उपलब्ध गराउँदै युवालाई रोजगारी सिर्जना गर्ने प्लेटफर्मको रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको छ । पुराना र जीर्ण बाइकको झन्झट हटाउँदै कम्पनीले ब्रान्ड–न्यू बाइक उपलब्ध गराउने नीति लिएको छ, जसले राइडरलाई मर्मत खर्चको तनावबाट मुक्त गर्ने विश्वास लिएको छ ।

राइडरहरूले पहिलो दिनदेखि नै आम्दानी सुरु गर्न सक्ने गरी कम्पनीले प्रतिदिन ८०० रुपैयाँ मात्र भाडा निर्धारण गरेको छ । साथै, डेढ वर्षभित्र आफ्नै बाइकको मालिक बन्न सक्ने मोडलसमेत तयार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले राइडरलाई हेल्मेट, फोन होल्डर, रेनकोटसहित सुरुवाती चरणमा १५०० रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराउनेछ ।

आरवाईडी नेपालको लक्ष्य केवल बाइक भाडा सेवा प्रदान गर्ने कम्पनी बन्ने मात्र नभई युवाको भविष्य निर्माणमा सहयात्री बन्ने रहेको कम्पनीको भनाइ छ ।


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.